Posted by: Birkhe_Maila November 23, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

असि नागेसी टाउको देखिँदैन रे? हेर केट्केटि हो उमेरले चइन्जो असि नागे नि मनले चैन्जो गधापच्चिसे नै छु। बेला आएसि था' पाऊलाऊ तिमेरुले।


जे पर्ला पर्ला मेरो पनि दोश्रो राऊन्डको जदौका साथमा तारेमाम् फ्री। दुई जदौ लिनेलाई तीनवटा तारेमाम्को व्यवस्था छ। भोलि यहि तारेमाम खोज्नुभएमा ३ जदौ चाहिन्छ, आज यहिँ अहिले नै लिनुभयो भने अर्को दुई जदौ! फ्री! दुई जदौ! दुई जदौ! दुई जदौ! आउँछ मौका पर्खँदैन बगेको खोला फर्कँदैन! जमुरे! तपाईँ कसैलाई भेट्दा खिस्स हाँसिदिनुहुन्छ, हात मिलाईदिनुहुन्छ, टाउको निहुर्याईदिनुहुन्छ। नमस्कारको खर्च धेरै छ। त्यस्मा केहि खर्च जोगाऊनुहोस र आजको मौकामा जदौ तथा तारेमाम् सस्तोमा लैजानुहोस। हे कालि कालि कलकत्तेवालि, इन्द्रकि बेटि ब्रम्हाकी सालि, खाओ पान बजाओ तालि मेरा बचन नजाऐ खालि। जमुरे! तारेमाम् तारेमाम् तारेमाम् हजुर तीन तीन वटा तारेमाम् फ्रीमा! आउनुहोस बोहनिको ट्याममा तारेमाम् फ्रीमा लैजानुहोस! गानो, गोला, वायू, शुल ,ग्याँस्टिक, अमलपित्त, कृष्णपित्त, पित्तै पित्तै सबै प्रकारको दोश, वायु कफ सबै प्रकारका विकारको रामवाण औषधी, दुई जदौ र साथमा तीन तारेमाम् फ्री।जमुरे.....................ऐया बाबा थकाई लागो!

Read Full Discussion Thread for this article