Posted by: chipledhunga November 20, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठेले कथाको सही शीर्षक बताएर तक्मा प्राप्त गरेको छ र नयाँ खर्कमा रिक्सा चल्ने शुरु हुने दिनमा उक्त तक्मा प्रदान गरिने कुरा सहर्ष जानकारी गराइन्छ।
बाउचाले अन्तिम प्रश्न मिलायो। भिडियो त के अडियो पनि थिएन होला, नत्र त चर्को स्वरमा हिन्दी गीत बजाएर वाक्कै पार्थे कतिले त।
फोटो खिचेको कसले र बस किन रोकिएको भन्ने पनि मिलायो।
अन्य प्रश्नहरुको भने बाउचा तथा अरुको जवाफ गलत अथवा अस्पष्ट भएको जानकारी गराउँदछु। 
यदी बस पोखराबाट सुनौली जाँदै गरेको पनि हुनसक्ने भए म कसरी पोखरा जान लागेको हुन सक्छु? प्रष्ट गर्नु पर्‍यो। वास्तवमा भन्ने हो भने न त बस पोखराबाट सुनौली जाँदै थियो न त सुनौलीबाट पोखरा नै जाँदै थियो।
बस रोकिएको स्थान, मेरो सिट नम्बर र पाँचौ झ्यालको तल के देखिएको भन्ने जवाफ अझै आएको छैन।


अक्टोबर १०, २००९ को दिन ना २ ख १७२८ नम्बरको बस रोकिएको बेला बसको बाँयापट्टी भीरबाट तलतिर हेर्दै स्थानीय बनस्पतीलाई मलजल प्रदान गरेको भनी रिट्ठे र ठुल्दाइद्वारा लगाइएको आरोप प्रति घोर भर्त्सना गर्दछु। बसको दाँया पट्टीबाट फोटो खिचिरहाँदा करीब ३० फिट टाढाको दूरीमा मलजल हाल्ने कार्य गर्नु असम्भव मात्रै नभै उपरोक्त कार्य गरेको भनी लगाइएको आरोप अत्यन्त कपोलकल्पित र हाँस्यास्पद भएको पनि अवगत गराउँदछु। अर्को शब्दमा भन्ने हो भने फोटो खिच्ने ब्यक्ती म र मल्जल प्रदान गर्ने ब्यक्ती सोही बसका यात्रु हुन जसको नाम ठेगाना खुलेको छैन।


हर्के, जनकपुरमै रिक्सा चलाऊने भएको भए त देख्थ्यौ होला नि दिनको दिन। जानु छ कता कता अहिले आएर जानकी मन्दिर यस्तो र उस्तो भन्छौ।


    

Read Full Discussion Thread for this article