Posted by: hit.the.hot November 11, 2009
हेर्दा हेर्दै हाम्रो देश कस्तो बाट कस्तो भयो !!
Login in to Rate this Post:     0       ?        

मन्त्रीलाई मुद्दा ठोकियो तर पक्रला त प्रहरीले?

सीडीओ कुट्ने मन्त्री करिमा बेगमविरुद्ध पर्साको प्रहरी कार्यालयमा सार्वजनिक मुद्दा दर्ता भएको छ। उनलाई पक्रन पक्राउ पूर्जी पनि जारी भएको छ। अब चाहेमा प्रहरीले उनलाई पक्राउसमेत गर्न सक्नेछ। तर ‘माथिको आदेश’ बिना पक्रन त के, उनलाई कसैले छुनसमेत सक्दैनन्। के साँच्चै सीडीओ कुट्ने मन्त्रीलाई पक्रेर कानुन अनुसार कारबाही होला त ? आफ्नो सरकारलाई टिकाउने मुख्य आधार रहेको पार्टीकी मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्री माधवकुमार नेपाल आँट देखाउलान् त ?


तर आज दिनभरको स्थिति हेर्दा यो मुद्दा त्यसै खत्तम हुने छाँट पनि देखिन्न। किनभने आज देशभरका सरकारी कर्मचारीहरु आन्दोलनमा उत्रिए। उनीहरु केही न केही कारबाही बिना चुप लाग्ने देखिन्नन्।

सार्वजनिक मुद्दासमेत दर्ता भएपछि अब कानुन अनुसार कारबाही गर्न बाटो पनि खुलेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरेको आरोपमा कृषि राज्यमन्त्री करिमा बेगमविरुद्ध प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्डले अबेर साँझ सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेका हुन्।

त्यसअघि जिल्लास्थित सुरक्षा अधिकारीको अनौपचारिक छलफल भएको थियो। छलफलपछि प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्डमार्फत राज्यमन्त्रीमाथि मुद्दा दर्ता गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, पर्साका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले राज्यमन्त्री बेगमलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको पनि सञ्चार माध्यमलाई बताएका छन्। साँझ मुद्दा दर्ता भएको र राज्यमन्त्री दिउँसो नै राजधानी गइसकेकाले पक्राउ गर्न नसकिएको निरीक्षक साहले बताएछन्‌।

राज्यमन्त्री बेगम सिमराबाट ४ बजेर २० मिनेटको उडानमा राजधानी आएका छन्।





Source: mysansar.com
http://www.mysansar.com/?p=6690

Last edited: 11-Nov-09 07:29 PM
Read Full Discussion Thread for this article