Posted by: pokhari November 11, 2009
Net-based prostitution racket busted in Valley
Login in to Rate this Post:     0       ?        
अन्तर्राष्ट्रिय यौनसञ्जालमा नेपाली युवती
10/11/2009 18:50:00 केपी ढुंगाना/नयाँ पत्रिका
काठमाडौं, २४ कात्तिक :
नेपाली युवती पनि अन्तर्राष्ट्रिय यौन-सञ्जालमार्फत यौन-व्यवसायमा संलग्न रहेको खुलासा भएको छ । प्रहरीले इन्टरनेट सञ्जालमार्फत सञ्चालनमा रहेको सेक्स र्‍याकेटमा संलग्न नेपाली युवती र ग्राहकसमेत ६ जनालाई सोमबार बेलुका  पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।  प्रहरीले नेपाल र भारतमा सञ्चालित अन्तर्राष्ट्रिय सेक्स र्‍याकेटकी नेपाल-प्रमुख र तीन सहयोगीका साथ दुईजना ग्राहकलाई पक्राउ गरेको हो । उनीहरूले नेपाल सेक्सगाइड डटकममार्फत नेपाल र भारतमा सेक्सर्‍याकेट चलाउँदै आएका थिए ।
पक्राउ परेका यौन-व्यवसायी कलेजका विद्यार्थी र एयरहोस्टेजको तालिम लिइरहेकी युवती हुन् भने ग्राहक म्यानपावर सञ्चालक र प्रशिक्षक हुन् । प्रहरीले तयार पारेको ग्राहकको मागअनुसार काठमाडौंको एक फाइभस्टार होटलमा आएका बेला सेक्सर्‍याकेटकी नेपाल-प्रमुख ३५ वषर्ीया संगीता श्रेष्ठसहित १८ वषर्ीया ज्योति राई र २२ वषर्ीया रुवीसिंह ठकुरी पक्राउ परेका थिए । बयानका क्रममा उनीहरूले ताहाचलमा रहेका श्रेष्ठको कोठामा दिएको सूचनाका आधारमा १९ वषर्ीया ममता प्रसाईंसहित दुईजना ग्राहक ३३ वषर्ीय मोहन ढकाल र डिकबहादुर खत्रीलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेकी इटहरीकी राई र झापा सुरुंगाकी ममता विद्यार्थी हुन् । नेपालगञ्ज घर भई काठमाडौंको बिजुलीबजार बस्दै आएकी ठकुरी बिबिएस सकेर हाल एयरहोस्टेजको तालिम लिइरहेकी थिइन् । युवतीसँगै पक्राउ परेका सुन्दरीजलका ढकाल एसएन म्यानपावरका सञ्चालक हुन् भने गोठाटारनिवासी ३३ वषर्ीय खत्री प्रशिक्षक हुन् । प्रहरीका अनुसार गिरोहका मुख्य व्यक्ति दिल्लीनिवासी मनीष शर्मा हुन् । उनको उपनाम 'जोन' हो ।
गोड्याडी डटकममार्फत दर्ता भएको सो साइट अमेरिकी नागरिक ग्यारी स्मिथको नाममा दुई वर्षअगाडि दर्ता भएको थियो ।  सो साइट एक वर्षअघि दर्ता सकिए पनि दुई महिनाअगाडि मात्र पुनः सक्रिय भएको थियो ।
तर, प्रहरी गिरोहको मुख्य व्यक्ति भारतीय नागरिक रहेको दाबी गर्छ । जोन उपनामधारीको असली नाम रहेको र उनको नेपालमा बलियो सञ्जाल रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको दाबी छ । नेपालमा मात्र जोनका लागि काम गर्ने करिब एक सय युवती रहेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनीहरूले कलेजका युवतीका लागि प्रतिरात २५ हजार, मोडलका लागि ५० हजार र सेलिब्रेटीका लागि एक लाख भारु लिने गरेका छन् ।
साइटमा मिस्टर जोनका नाममा सम्पर्कका लागि नेपाल टेलिकमको नम्बर दिइएको छ । उनले ९८४९०५५४५७ नम्बरको मोाबाइल ग्राहकका लागि साइटमार्फत सार्वजनिक गरेका थिए । सो सञ्जालले मेरो मोबाइलको ९८०८००३१६९ नम्बरसमेत प्रयोगमा ल्याएको थियो । उनीहरूले इच्छुक ग्राहकले साइटमा उपलब्ध इमेलमा आफ्नो पूर्ण जानकारी दिएपछि उताबाट सम्पर्क नम्बर उपलब्ध गराउने गरेका थिए ।
प्रहरीले वेबसाइटमार्फत अन्तर्राष्ट्रिय यौनव्यापारीका गिरोहको पर्दाफास गरे पनि वेबसाइट भने बन्द गराउन सकेको छैन ।   काठमाडौं परिसर प्रमुख सिलवाल आधुनिक प्रविधिको प्रयोग भएकाले अनुसन्धान प्रक्रिया जटिल रहेको बताउँछन् । उनले भने, 'नौलो प्रविधि भएकाले अनुसन्धान प्रक्रिया केही लम्बिन सक्छ, तर हामी यो र्‍याकेटका मुख्य व्यक्तिनिकट पुगिसकेका छौँ ।'

यसरी खुल्यो रहस्य
साइटमा उपलब्ध भएको नम्बरका आधारमा प्रहरीले दुई महिनाअघि नै अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार पटकपटक प्रयास गर्दा पनि गिरोहका सदस्य नेपाली लबज भएका व्यक्तिको सम्पर्कमा आउन चाहेनन् । सोमबार एक भारतीय नागरिकलाई अप्रेसनको सहयोगीका रूपमा उपयोग गरिएको थियो । सोमबार बेलुका ती सहयोगीमार्फत प्रहरीले साइटमा रहेको नम्बरमा फोन गरी 'डिल' गरेका थिए ।
फोन उठाउने महिलाले होटल र कोठानम्बर सोधेर दुई घन्टापछि सम्पर्क गर्ने बताएर फोन राखेकी थिइन् । दुई घन्टापछि सञ्जालकी महिलाले होटलको कोठामा फोन गरेर युवती र रकमका बारेमा 'डिल' गरेकी थिइन् ।
एक घन्टापछि तीनजना युवती होटलको कोठामा आएका थिए । प्रहरी पहिलेदेखि नै होटलको रेकी गरेर बसेका थिए । उनीसितै आएका दुई युवती देखाएर महिलाले १० हजार रुपैयाँ लिएर होटल परिसरबाट बाहिरिने क्रममा प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो । पक्राउपछि ती युवती सञ्जालकी नेपाल सहयोगी संगीता भएको खुलेको थियो । प्रहरीटोली तत्काल होटलको कोठामा पुगेर ज्योति र रुवीलाई पक्राउ गरेको थियो । उनीहरूबाट ताहाचलमा कोठामा बस्ने जानकारी पाएपछि प्रहरीले कोठामा छापा मार्दा ममता र अन्य दुईजना ग्राहक पक्राउ परेका थिए ।
Naya Patrika - अन्तर्राष्ट्रिय यौनसञ्जालमा नेपाली युवती (11 November 2009)
 http://www.nayapatrika.com/newsportal/last_page/7742.html
 http://snipurl.com/t6o4d
Read Full Discussion Thread for this article