Posted by: shirish November 10, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     1       ?         Liked by

राज्यमन्त्रीद्धारा प्रमुख जिल्लाअधिकारी कुटिए

पर्सा - नेपाली पोष्ट प्रतिनिधि 
प्रकाशनको मिति १० नोभेम्बर २००९ १०:४१ बजे   |  १ वटा प्रतिक्रिया

पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई एक राज्यमन्त्रीले कुटपीट गरेका छन् ।


भण्डारीलाई कृषि तथा सहकारी राज्यमन्त्री करिना वेगमले आज मंगलबार कार्यकक्षमै पुगेर कुटपिट गरेकी हुन् ।  मन्त्रीले गरेको हातपातको घट्नाले राष्ट्रसेवक कर्मचारी र आम नागरिकको सुरक्षामाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।


पर्साका प्रमुख जिल्ला अधिकारीमाथि मन्त्रीले हातपात गरेपछि व्यक्त गरेको यो आक्रोस हो जिल्ला प्रशासन कार्यालय पर्साको एक कर्मचारीको ।


जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई उनकै कार्यकक्षमा प्रवेश गरी कृषि तथा सहकारी राज्य मन्त्री करिना बेगमले आज हातपात गर्नुभयो  ।


संविधान बनाउन जनताद्वारा चुनिएका मन्त्रीले सुरक्षा निकायको प्रमुखलाई गरेको हातपातको यो घटनाले पर्सा जिल्लाको कर्मचारी तथा आम नागरिकको  सुरक्षामाथि नै प्रश्नचिन्ह खडा भएको छ ।


शिक्षा तालिम केन्द्रको कार्यक्रममा सहभागी हुन आज वीरगन्ज आइपुगेकी राज्य मन्त्री बेगमले नयां सवारी साधन मांग गरेकी थिइन् । प्रमुख जिल्ला अधिकारीले मन्त्रीका लागि पठाएको कृषि अनुसन्धान परिषदको गाडी थोत्रो भएको भनी  मधेशी मन्त्रीलाई हेपेको भन्दै प्रजिअ भण्डारीलाई कुटपिट गरेकी हुन् ।


मुलुकको एक जिम्मेवार मन्त्रीले जिल्लाको सुरक्षा निकायका प्रमुखलाई हातपात गर्नु र जिल्लाका सुरक्षा संयन्त्रहरु मुकदर्शी भइ हेरेर बस्नुले नया नेपालको मन्त्री र सुरक्षा संयन्त्रले आम नागरिकको सुरक्षा कसरी गर्ने भन्ने जिज्ञासा बढन थालेको  छ ।


Read Full Discussion Thread for this article