Posted by: chanaa_tarkaari November 10, 2009
जातीय स्वायत्त राज्य धमाधम घोषणा ???
Login in to Rate this Post:     0       ?        
नेपालमा संघिय पुनर्संरचना चाहिन्छ कि चाहिन्न भन्ने बहस असान्दर्भिक भए जस्तो देखिन्छ । संघिय संरचना एक हदको बिकेन्द्रिकरण भएता पनि संघिय खाकाको बिकेन्द्रिकरण नभै अत्यधिक बिकेन्द्रीकरण चाहिन्छ भन्ने आवाज अब झीनो मात्रै हैन झण्डै झण्डै नसुनिने भए छ । यद्यपि संघिय भन्नाले अधिकार के कसरी बाँडफाँड हुने भन्ने निर्क्यौल भएको पनि छैन । तर अब त संघिय संरचना भन्दा पनि अगाडि बढेर स्वायत्त राज्य घोषणा गर्ने होडबाजि शुरु भएछ । त्यो पनि जातीय स्वायत्त राज्यहरुको घोषणा । तामाङ स्वायत्त राज्य र किराँत स्वायत्त राज्यको बिधिवत घोषणा भइसकेको छ । अब नेपालमण्डल, गुरुङ स्वायत्त राज्य, मगर स्वायत्त राज्य तथा थारु स्वायत्त राज्यहरु घोषणा हुने प्रक्रियामा छ । 

समाचारहरुमा आए अनुसार नेपाल सम्बत ११३० पोहेलाथ्व नवमिका दिन २ लाख जनसहभागिता जुटाइ नारा जुलुस गरी दशरथ रंगशालामा भव्य कार्यक्रमसहित नेपाल मण्डल घोषणा हुने रे । होला नहोला थाहा छैन तर यसो हुने रे भन्ने समाचार नै पुरातनपन्थि एकभाषा-एकजाति-एकाधिकारबादीहरुको मुटुमा ढ्याङ्ग्रो ठोकाउन काफि छ ।

अघिल्ला दुइ घोषणा (तामाङ र किराँत) माओबादी समर्थित क्रियाकलापको रुपमा बुझेको छु, तर नेपालमण्डल घोषणाको तयारी भने बेग्लै रहेछ, काँग्रेस, एमाले, माओबादी लगायत सबै राजनीतिक र गैर राजनीतिक संस्था तथा स्थानीय क्लबहरु समेत समावेश भएको साझा संयन्त्रको अगुवाइमा यो घोषणा हुन लागेको रहेछ ।  

अनलाइन मिडिया र साझा जस्ता मैदानमा जातीय घोचपेचको क्रम बढेको छ । थिचिएका जनजातिहरुले समयसमयमा ब्यक्त गर्ने आक्रोश बुझ्न सकिन्छ तर तिनलाइ होच्याएर हेपेर जथाभावि लेख्नेहरुको कमि पनि छैन । म सोच्तै छु, ह्वाँ नेपालमा धमाधम राज्य घोषणा हुन थालिसकेको छ, ह्याँ घोचपेच गर्दै बसेर के काम ? यस्ता घोचपेचले ती स्वायत्त राज्य घोषणालाइ झनै तिव्रता नै  दिनेछ । 

Read Full Discussion Thread for this article