Posted by: Birkhe_Maila November 10, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

चौतारी मान्त्रीपरिषद्को आकस्मिक बैठकपश्चात जारी गरिएको अत्यन्त जरुरी सुचना

आदरणिय चौतारीका सम्मानिक औतारीहरु, हाम्रो चौतारीदेशको बिगतका वर्षहरुमा भएको प्रगती, समुन्नती, प्रशंसा तथा अन्तराष्ट्रिय डायोस्पोरामा रहेको यसको पहिचान सबैको सामु छर्लङ्ग नै छ। साझापूरका अनेकन देशहरु (थ्रेडहरु)मा हाम्रो देशको निकै राम्रो, विकासोन्मूख, सम्मानजनक तथा प्रतिष्ठित स्वरुप रहिआएको थियो। चौतारीकै विभिन्न औतारीहरुको सामूहिक प्रयत्नवाट नै उक्त कुरा सफल भएको थियो। आज चौतारी मन्त्रिपरीषद् यो भन्न बाध्य छ कि यिनै चौतारीका २५ औतारीहरुलाई पद खारेजी तथा सुचीबाट नाम हटाऊन समयसिमा तोकि सुचना जारि गर्नु परेको छ। निम्न औतारीहरुलाई भिन्नाभिन्नै समयसिमा तोकि हाजिरहुन आऊने सुचना मन्त्रीपरिषद् जारी गर्दछ। समयसिमा भित्रमा हाजिर हुन नआएमा पद तथा/वा सुचिबाट नाम हटाईने र नामहटे पश्चात केवल पूर्व औतारी भनेर मात्र सम्बोधन गरिने छ। कार्वाहीमा पर्नुहुने औतारीहरु, पद तथा हाजिरहुन आऊने समयसिमा निम्नानुसार छ- 


‍१)श्री  भगुत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज


(दुश्कामना सहित तपाईँ आजको मितीले ३५ दिन भित्रमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम पनि हटाईने छ र धुवाँ रक्सी तथा बैँश सबै पिएर सक्काईने छ) 


२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम


(शुभकामना सहित तपाईँ आजको मितीले २५ दिन भित्रमा हाजिर हुन आउनुहोला नआएमा पद् तथा सुचिबाट नाम पनि हटाईने र साथै भौतिक कार्वाहीमा पनि पर्नुहुने छ, जेनिथ हुने ठाउँमा हम्प खडा गरिने छ) 


३)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा


(तपाईँ आजको मितीले १५ दिन २.५ घन्टामा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम पनि हटाईने र साथै भौतिक कार्वाहीमा पनि पर्नुहुने छ) 


४)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना


(तपाईँ आजको मितीले १२ घन्टामा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ) 


५)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान


(तपाईँ आजको मितीले २५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् हटाईने छ खच्चर लुटिने छ) 


६)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना


(शुभकामना सहित तपाईँ आजको मितीले ३५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् हटाईने छ तअााअााा) 


७)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव


(शुभकामना सहित तपाईँ आजको मितीले २५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ, भोजपूरजाने बसपार्कमा भोज गरिने छ तर तपाइँलाई बोलाईने छैन) 


८)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान


(तपाईँ आजको मितीले ३ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् हटाईने छ र थाङ्ग्ना सुकाऊने डोलि समेत खोसिने छ) 


९)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान


(तपाईँ आजको मितीले ५० दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ, बुडापाकाले सम्झिएर पुस्टकारी ल्याईदिने छैनन्) 


१०) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर


(तपाईँ आजको मितीले १२ घन्टामा हाजिर हुन आउनुहोला, पद हटाईने छ ) 


११) श्री दादागिरी दवाडी--- जापुन


(तपाईँ आजको मितीले २५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र तपाईँको साथसाथै सन्जुको पानि याद गरिने छैन) 


१२)श्री  गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती


(तपाईँ आजको मितीले १० दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र साथसाथै सानोतिनो गनगन पनि सुनिने छैन) 


१३) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती


(तपाईँ आजको मितीले १० दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् हटाईने छ र स्वस्थानी पाठ गर्दा वज्र प्रहार गरिने छ) 


१४) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख


(शुभकामना सहित तपाईँ आजको मितीले ३५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र बिश्वमानचित्रबाट चित्र मेटिने छ) 


१५) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख


(तपाईँ आजको मितीले ५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र कुम्लेको स्टाईलमा भुईँमा पछारिने छ) 


१६) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी


(तपाईँ आजको मितीले २५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र बुडापाकाले काठमान्डु जाँदा संगै लाने छैनन्) 


१७) श्री चना चन्दर् चौरासिया--- मायालु गाम


(तपाईँ आजको मितीले १५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र उहि तरकारी कहिले पनि पकाएर खाइने छैन) 


१८) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ


(तपाईँ आजको मितीले ३५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा मज्जाले उफ्रँदै सुचिबाट नाम हटाईने छ) 


१९) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

(तपाईँ आजको मितीले ६० दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र रोजसंग मोज गर्न खोज्दा लात हानिने छ) 

२०) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

(तपाईँ आजको मितीले १२ दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र बाखरि भन्दै नाचिने छ) 

२१) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

(तपाईँ आजको मितीले १०० दिनमा हाजिर हुन आउनुहोला, नआए पनि पद् तथा सुचिबाट नाम हटाईने छैन :पि :पि) 

२२)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

(तपाईँ आजको मितीले १२ घन्टामा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र डिङ्गो गरिबलाफ दान गरिने छ) 

२३) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

(तपाईँ आजको मितीले २५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र न्यापकिनको हतियारले वार गरिने छ) 

२४) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग

(तपाईँ आजको मितीले १० दिनमा हाजिर हुन आउनुहोला, नआए पनि पद् तथा सुचिबाट नाम हटाईने छैन) 

२५) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

(तपाईँ आजको मितीले १० दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र गुलाबि रंगको होलि खेलिने छ, होलि कब है? कब है होलि?)

 

Last edited: 10-Nov-09 10:31 AM
Read Full Discussion Thread for this article