Posted by: Birkhe_Maila November 10, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

चौतारी शहरमा हाई एलर्ट:


हालै आएको मन्त्रीपरीषद्को निर्णयपछि शहरमा हुन सक्ने चक्काजाम, प्रदर्शी, हुलदंगा तथा तोडफोडको स्थितीलाई ध्यानमा राख्दै चौतारी प्रशासनले आज शहरमा हाई एलर्टको कार्यक्रम राखेको छ। चोक चोकमा थोक थोकममा चौतारी प्रहरीहरु खटाउनुका साथै प्रदर्शनकारीहरुलाई ठटाऊने योजना छ। कतै कसैले टायर बालेको, ढुङ्गा फालेको तथा सडकमा अबस्ट्याकल हालेको थाहा पाउने बित्तिकै निजलाई घोक्रेठ्याक लगाएर चौतारी हनुमानढोका खोर चलान गरिने छ। यदि हाईएलर्टले पनि समस्याको समाधान नभए कर्फ्यू आदेश आउन सक्ने कुरा चौतारी प्रशासनका एक प्रवक्ताले बताएका छन्। यो समाचार छाप्दाछाप्दै हामिले पाएको सुचना अनुसार अहिले चौतारी मन्त्रीपरीषद्को अर्को आकस्मिक बैठक चौलुवाटारमा बस्दैछ। जानकारहरु बताउँदछन् कि यो बैठकबाट अरु कुनै ठूलो सकिङ निर्णय आउने छ।


चौ.स.स.

Read Full Discussion Thread for this article