Posted by: Birkhe_Maila November 10, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

चौतारी मन्त्रीपरीषद्को आकस्मिक बैठकपछिको अत्यन्त जरुरी सुचना-


चौतारीको 'चौतारी रसरंग प्रधान'को हैसियतले काम गर्दै आएका र त्यहि हैसियतले खाईपाई आएका श्री लहरेकान्त लाकौललाई आज बिहान झिसमिसेमा बसेको मन्त्रीपरीषद्को आकस्मिक बैठकले निजलाई पदच्यूत गरेको छ र साथै उक्त पद खारेज गरेको छ। पद पाएदेखि सुरुका केहि महिना मात्र निज लाकौल रसरंगमा सम्मिलित भएको तर तहाँपरान्त निजले रसरंगतिर कुनै उत्सुकता वा तत्परता नदेखाएको र साथै रसरंग तथा चौतारी गितान्जलीमा चौतारीकै अरु उत्सुक, प्रतिभाशाली र योग्य औतारीहरुले धेरै उत्सुकता देखाएकोले मन्त्रीपरीषद् 'रसरंग बिभाग' नामक उक्त पुरानो पद खारेज गर्न बाध्य भएको हो। उक्त पदको रिक्त स्थानमा तीन भिन्नाभिन्नै पद गठन गरि तीनजना नयाँ औतारीहरुलाई उक्त पदहरुको पदभार प्रदान गरिएको छ। पदको नाम र पदभार पाऊनुहुने औतारीहरु निम्नानुसार हुनुहुन्छ-


------------------------------------------------------------------------------------------------


पदको नाम                                     पदभार पाउनुहुने औतारी            


चौतारी गितान्जली कार्यक्रम         नितिशा नानी न्यौपाने, गितान्जली अध्यक्ष तथा संचालक


चौतारी गित समर्पण शाखा          किरेजी कार्फोर्ड, ईन्चार्ज तथा युट्युब डिस्चार्ज


हर्के हराम हाडा                             प्रमूख , भैपरीआउँदा गितान्जली संचालक


------------------------------------------------------------------------------------------------


जदौ का साथै धन्यवाद्


चौतारी मन्त्रीपरीषद्

Last edited: 10-Nov-09 09:24 AM
Read Full Discussion Thread for this article