Posted by: BKMailo November 10, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        
भोजपुर परिवार द कोरियाको साधारण सभा सम्पन्न
सउल (कोरिया), २०६६ कार्तिक १९ - भोजपुर परिवार द कोरियाको पाचौ
साधारण सभा   नोभेम्बर १ तारिका दिन कोरियाको राजधानी सउलको  दोङ्देमुनमा 
भएको छ । उक्त परिवारको साधारण सभाले आगामी दुई बर्षका लागि
सर्वसम्मतिद्वारा नयाँ कार्यसमिति अध्यक्षमा कुमार थापा , त्यस्तै
उपाध्यक्षमा गणेश मुक्तन, सचिवमा गंगा श्रेष्ठ, स-सचिव अर्जुन श्रेष्ठ
,कोषाध्यक्षमा इन्दिरा नेपाल ,स - कोषाध्यक्षमा किरन राई, सदस्यहरुमा मिलन
श्रेष्ठ ,हर्क राई, दुर्गा चौलागाई, माधव  राई ,प्रमिला राई (श्रेष्ठ ),
साराधा खड्का रहेका छन । सल्लाहाकारमा भरत नेपाल, खगेन्द्र खत्री ,
शेसँहाङ राई,गणेश अधिकारी , रविन तामाङ ,रविन वल तामाङ र लालबहादुर प्रधान
रहेका छन ।



परिवारका सदस्यहरुलाई केही भैपरी आएमा सकृयताका साथ सहयोग पुर्याउने
निर्णय गरेको छ । उक्त परिवारको साधारण सभामा ई. पी. एस. मार्फत आउनु भएका
नवआगन्तुक भोजपुरवासीलाई स्वागत गरिएको थियो ।  



अध्यक्ष  थापाले  साधारण सभामा बोल्दै  दक्षिण कोरिया रहेका सबै
भोजपुरवासीहरुलाई एउटै छानामुनि एकबद्ध गरी संस्थालाई अझ बढी कृयाशील बनाई
लैजाने र प्रवासमा राजनीतिक , जातीभाषा, धर्म, सम्प्रदाय भन्दा माथि पहिले
भोजपुरवासी भएर चिनाउँनु पर्ने बताए ।

Source: http://www.ekantipur.com/np/news/news-detail.php?news_id=301756
Read Full Discussion Thread for this article