पन्ध्र मिनेटको भावविभोरता र एउटा यक्षप्रश्नको उत्तर
चार वर्ष अगाडि एउटा कोरीयाली किशोरले नेपालीलाई सम्बोधन गरेर लेखेको “के तिमी कहिल्यै देशको निम्ति रोएका छौ?” भन्ने लेख (‘द काठमान्डु पोस्ट’, सेप्टेम्बर १०, २००५) पढेपछि मेरो आफ्नै देशप्रेमप्रतिको विश्वास नराम्ररी डगमगाएको थियो । देशप्रेमै प्रतिको विश्वास त नभनौं, तर त्यस प्रेमको पर्याप्तता, गहिराई र सार्थकतामाथिको मेरो विश्वास भने उठ्यो भने हुन्छ ।
मैले म देशको लागि कहिले रोएँ भनेर सम्झन खोजें, तर अहँ कुनै अवसर पनि सम्झनामा आएन । म नरोएको भने होईन । तर मैले रोएको कि त कुनै व्यक्ति विशेषको दु:खमा कि त कुनै राजनैतिक आस्थाविशेषको निम्ति थियो । त्यसलाई देशप्रेमको नाम दिन नसकिने होईन । तर म व्यक्ति वा आस्थामा सीमित भएको माया होईन, समग्र देशलाई छपक्कै ढाकेको माया, त्यो पनि त्यो कोरीयाली ठिटोले बयान गरेको जस्तो आँसुले निथ्रुक्क भिजेको मायाको खोजीमा थिएँ ।
पूर्ण अंश:
http://www.mysansar.com/?p=6609