Posted by: Dinesh Shrestha November 4, 2009
सीमा (लघुकथा)
Login in to Rate this Post:     1       ?         Liked by
                                                                 सीमा

   
पहिलो घुम्तीमा पखेटेहरुको समूहलाई भेटियो । सबै पखेटेहरु स्वछन्दले
आनन्दित भैइरहेका थिए । त्यहाँ न झगडा थियो न वादविवाद नै । त्यहाँ सबै
मिलेर मधुर गीत गाइरहेका थिए । एक अर्कामा सहयोगी भावना देखाइरहेका थिए ।
   
दोस्रो घुम्तीमा चारखुट्टेहरुको समूहलाई भेटियो । त्यहाँ उनीहरु आफुखुशी
चरिएको देखियो । कसैले कसैमा अतिक्रमण र आक्रमण गरिएको पाईएन । स्वेच्छाले
जिईरहेको भेटियो ।
    तेस्रो तथा अन्तिम घुम्तीमा हातखुट्टेहरुको
समुहलाई भेटियो । यहाँ हातहरु खुट्टामा थिए । पिठ्यूँहरु फर्काइएका थिए ।
आँखाहरु क्रोधित देखिन्थे । हतियारहरु नजिकै तैनाथ थिए । जो कोही होचो हुन
हिचकिचाइरहेका थिए । तर , उनीहरुले सर्वश्रेष्ठताको सीमा बाहिर उफ्रिरहेका
पत्तो पाइरहेका थिएनन् ।
Read Full Discussion Thread for this article