Posted by: pire October 30, 2009
नेपालमा नयाँ आर्किमिडिज
Login in to Rate this Post:     0       ?        

>>Our philosophy is perfect ( regarding GEETA), and that's why it has survived and grown in popularity.  के popularity सधैं ठीक हुन्छ त ?


पपुलारिटी सधैं ठीक हुँदैन भन्ने कुरा 'ठ्याक्कै' गीतामा किन र कसरी लागु हुन्छ?


हाम्रो यही प्रोब्लम छ।  तर्क कहाँ कसरी जोड्ने भन्ने हेक्का छैन। एउटा कुरो के सहि हो भने कुनै चिज यदी हजारौ वर्ष देखी सहि मानिइआएको छ भने त्यसको पछाडि ठुलै कारण हुन्छ। मान्छेहरु वेवकुफ कहिलेइ थिएनन, र तेसै जसको कुरो पनि एक वर्ष दुई वर्ष मानेपनी हजारौ वर्ष मान्दैनन। गीताको पनि कुरो त्यही हो। ठुलाठुला लेखक , वैज्ञानिकले मानेको किताब हो त्यो, साझाका केहीले सराप्दैमा केही हुनेवाला छैन, 'झिङाको सरापले डिङा मर्दैन ' भन्छन नि। ल आँफै ठुलो दार्शनिक भएपछी आलोचना गरे चाँही बरु सुनम्ला।


 अब कतिपय ठुलाठुला वैज्ञानिकलाई शुरुमा अरुले उडाएको थिए भनेर हाम्रा नव न्युटन र अर्कमिडिजलाई उडाउनेहरुलाई (मा जस्ता) गाली गरिएको छ। अब त यस्तो भाछ कि नेपालमा जसले जे गफ दिए पनि भयो, कसैले हैन भन्यो भने 'ठुला वैज्ञानिकलाई पनि यस्तै भाथ्यो' वा 'हामी नेपाली को बानी नै यस्तै' भनिदिए भयो।  कुरो बुझेर आलोचन गर्ने भन्दा पुराना अनेक्डट सम्झेर हल्का टिप्पणी गर्ने बानी छ।

Read Full Discussion Thread for this article