Posted by: chipledhunga October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

खाना खाएको ठाउँ अनि ठाउँसम्म आउन चढेको गाडी। काठमाडौं छोड्दा त सफै देखिन्थ्यो तर यता (कता हो ठम्म्याउने काम गाम्लेहरुको है, गार्हो त हुन नपर्ने हो) आउन्जेलसम्म यस्तो भयो। अचेल "आमा बुवाको आशीर्बाद" भनी गाडीहरुमा लेख्ने चलन बढेको रहेछ। हर्न प्लिजको सट्टामा रिङ्ग टोन प्लिज लेखेको पनि प्रशस्तै देखियो। त्यस्ता गाडीहरुलाई उछिन्न चालकको मोबाईल नम्बर चाँही कसरी थाहा पाउने हो कुन्नी? रिङ्ग टोन प्लिज लेखेको सँगै नम्बर त लेखिएको देखिएन।


अनि कम्तीमा ४ वटा साइन बोर्ड राख्नु पर्ने चाँही किन होला? दुइटा त कोक र पेप्सी दुबैलाई चित्त बुझाउन होला। ४ मध्ये कुनैमा पनि शुद्धसँग "पूजा" लेखिएको पाइेन।       

Read Full Discussion Thread for this article