Posted by: Nepal?? October 29, 2009
नेपालमा नयाँ आर्किमिडिज
Login in to Rate this Post:     0       ?        

हैन स्याङजालीजी, यहां कसैले पनि त्यो केटोलाई मेकानिक बन्यो भनेर बदमाशी गर्यो भनेर भनेको छैन ।


गाडी जोड जाड पार्यो सानो उमेरमा । यो बेलामा पढ्ने काम तिर भन्दा गाडीतिर ध्यान दिएर टेम्पो बनायो भने सरकारले पैसो दिनु पर्यो ? यो कुनै रिसर्च हैन र आविष्कार पनि हैन । व्यवसायिक रुपले फाइदा हुने काम गरेको रैछ भने त्यसकै बाले पनि ग्यारेज खोलिदिन्छन या बैंकहरुले पनि लगानी गरिदिन्छन । अझ त्यति भएन भने काठमाडौका सफा टेम्पो बनाउनेहरुले नै लगेर जागीर दिन्छन । कसैले खासै रुचि देखाएन, त्यसको मतलब हो कुनै नया उपलब्धी रहेनछ ।


 


अनि गिनिज बुकमा नाम लेखाउनलाई कुन देशको सरकारले पैसा दिंदोरहेछ र नेपालको सरकारले पैसा दिनु पर्ने ? कसैले बोतल फोरेर कसैले चुम्मा खाएर गिनिज बुकमा नाम लेखाउंछन, कसैले छिटो पिजा बनाएर लेखाउंछन । बेलायतमा एउटा भारतीय पिजा बेकरले सबै भन्दा छिटो पिजा बनायो, अब कुन देशले कति गौरव गर्ने हो ! त्यो त व्यक्तिको उपलब्धी हो ।


तर केटोले गाऊंमा राम्रै काम गरेको हो, बनायो देखायो, वाह वाही पायो । जसले जति बुझ्यो त्यति भन्यो । 


मैले पनि मान्छु केटाको  टेक्निकल दिमाग रैछ, तर फेरि त्यसैलाई सरकारसंग बार्गेन गरी मागी खाने भांडो बनाउन भएन भनेको हो। बजारले खोजेको छ भने त्यसको टेक्निकल नलेज बिक्छ, हैन बकवास रैछ भने बिक्दैन ! स्याङजाकालाई त यति कुरा बुझ्न गार्हो नहुने हो के रे।


अनि ड्रिमको कुरा आयो , यस्तै हावादारी ड्रीम र अफवाहले नै देशमा गर्नेहरु भन्दा नगर्नेहरुको वाहवाही भएको हो ।


बेलायतको भिषा पाएर पढ्न गाको न्युज त्यहि पत्रिकामा आउंछ, अर्को दिन त्यहि पत्रिकामा बेलायतमा पढ्न नपाको र बाटोमा सुतेको न्युज आउंछ ।


यो थ्रेडको मुल मर्म अफवाह र हल्लालाई कसरी निरुत्साहित गर्ने भन्ने हो । नत्र नेताले देश त खाए खाए अव कलेज गएर पढेको हुं भन्नेहरुले नेताको गलत विराशत पढाइ र know how को फिल्डमा पनि भित्र्याउन लागे भनेर हो ।


 

Read Full Discussion Thread for this article