Posted by: pire October 29, 2009
नेपालमा नयाँ आर्किमिडिज
Login in to Rate this Post:     0       ?        

>>"म कदापी पनि गीताको " कर्म गर फलको आसा नगर "मा विश्वाश गर्दिन  यद्यपी गीताको भनाइ अनुसार भएको भए हामी जुन रफ्तार मा यो stage पुगेका छौ, अलिकती पछाडि हुन्थौ। "


साथीलाई गीताको श्लोकको सार थाहा रहेनछ। फलको आशा नगर भनेको हैन, जे कुरामा आफ्नो कन्ट्रोल छैन त्यसको आशा नगर भनेको हो। फिलोसोफर हरुले 'कज' र 'इफेक्ट' भनेर छुट्याउछन यसलाई, के 'कज' र 'इफेक्ट' एउटै हुन वा फरक हुन भनेर मोडर्न वेष्टर्न फिलोसोफी मा गएको एक हजार वर्ष धेरै वहस भएका छन। हिन्दूहरु विचमा त दुई हजार वर्ष भयो, द्वैत र अद्वैत हरुको बिचमा वहस भए देखिको । गुह्य कुरो नबुझी 'म मान्दिन' भन्नु हामी नेपालीहरुको विशेषता नै  हो। First study something, then make a claim about things such as being first inventor or finding the cause of our 'pachhaudepan'.


>>"त्यो ठिटोले मनग्य परिस्रम् गरेको छ, देश र ठाउँ अनुसार दु:ख गरेको छ, अनी दु:ख र परिस्रम अनुसार सौर्य गाडी पनि चलायो , तपाईं हामी यो कम्प्युटर को पछाडि बसेर धेरै कुरा जानेका छौ , कुरा ले हनुमानले लन्का हाने जही हामी सम्सार नै हाकी दिन्छौ, त्यो माउस क्लिक गरे पछी सम्सार का कुरा चलचित्र झै चल्दछन।

एउटा कुरा सोधौ ठुला ठुला कुरा हाँक्ने साथी हरुलाई , त्यो कार को हेड लाईट फेर्न नजानेर मेकानिकलाई कती पैसा तिर्नु भएको छ अनी कती जानाले घरमा फाइन तिर्ने टिकाट आएको छ, गाडी चालाएको २-४ बर्ष भए पनि, एउटै कुरा बुझ्न गार्हो जसरी हामी कुरा सहजै गर्छौ , काम गर्न तेती सहज छैन र हुँदैन । कुरा काटन हामी सहज मान्छौ र तेही गर्दै छौ । "


यो बेकारको तर्क हो। चाबहिलमा दशबर्षको मेकानिक ठिटोले काम गर्छ मैले जाने भन्दा बढी जानेको छ।  मान्छेले जे मा मन लगाउछ, तेही कुरो जान्ने हो। मैले पनि जानेका कुरा धेरै थिए। पुराना संस्क्रित कै केही कुरो जानेको छु भन्दा हुन्छ। तर मुख्य कुरो केटोले गरेको कामलाई त्यत्रो हल्ला फैलाएर गिनिज बुक मा लेखाउने भन्नु बेकार छ। किनकी त्यो असेम्बली जब हो। स्याबास भनेर धाप दिए भयो। त्यसमा रिसर्च भन्ने तन्तु छैन, रिसर्च भन्ने कुरो बुझ्ने जसले पनि भन्न सक्ने कुरो यही हो।


>>"हो , माउस क्लिक गरेर हामीले थाहा पाऔ सम्सारकै सबै नयाँ नयाँ आबिस्कार,, पानीको खोजिमा Mars मा लगेर बिस्फोटन गराएको चलचित्र पनि LIVE हेरौ, तर साझामा बसेरा शब्द बौछार गरे झै सहज रुपमा त्यो ठिटोले सौर्य गाडी बनाएको छैन,"


तपाईको तर्क के? यस्तो 'एड होमिनेम ' आक्रमण को के तुक छ? हामीले कहिले गफ दिदै हिंडेका छौ र? हामीले सरकारी पैसाको आशा गर्यौ कि ? हामीले गिनिज बूकको डिङ हान्यौ कि? हामीले त नेपालमा फैलिएको भयंकर रोगको बारेमा गफ गरेका  छौ यहाँ। वर्षै पिच्छे कहिले अाइन्स्टाइनलाई गल्ती सिद्ध गरे भन्द्याछ, कहिले न्युटनलाई , कहिले अर्किमिडिजलाई , कहिले  पचासौ हजार विद्यार्थीको माझमा टप गरे भन्द्याछ, यस्ता गफाडी प्रवित्ती तुरुन्त रोक्नु पर्छ भन्ने चर्चा गरेको हो, किन कि यसले आउने पुस्तालाई गलत म्यासेज पुगिराख्या छ।


 




>>" अनी त्यो ठिटाले जुन मिहिनेत गर्‍यो तेस्को  Praiseworthy  छ ,
आर्को कुरा साथी हरु त्यो कम्प्युटर को सुबिधा नभेको भए शायद यि कुरा पनि लेख पाउनु हुन्न थियो होला , कर्मा गरे पछी फलको आसा गर्नै पर्छ र हुन्छ , अज्ञानता के ले भयो र कस्को तर्फ बाट भयो त्यो कुरा यो साझाका मित्र हरुले निर्कौल गरी आफ्न मनतब्य प्रकट गरिदिनु भएको मा धन्यवाद ."


तपाईंको तर्क मैले बुझिन। के भन्न खोजेको , नेपालका नेताले जस्तो नघुमाइ 'क्रिस्प' पाराले लेख्नुस् त जहासम्म दोहोराइ त्यहाँराई तपाईंले लेखेको कर्म गरेपछी फलको आशा गर्न पर्छ भन्ने कुरो छ, शायद सरकारले केही पैसा देओस भन्ने होला। सरकार ले 'यो गर' भनेर कर्म गर्न लगाएपछी गरेको कर्म भए फलको आशा गर्नु मुनाशिव छ। हैन भने जसको लागी प्रयोग मा आओस भनेर त्यो गाडी बनाइएको हो, उनैले चड्छन्। हाम्रो गाउका किसानले दु:ख गरेर बनाएको मह नबिकेका छन, तर खै तिनले सरकारले पैसा देओस भन्दैनन, अरुले कसरी किन्लान भनेर सोच्छन। संसारमा आविस्कारको कमी छैन, अमेरिकामा प्याटेन्ट त हजारौ दर्ता हुन्छन वर्षैपिच्छे, ति मध्य केही मात्र 'कमर्सियल्ली'सफल हुन्छन। अरुको कसैले मतलब गर्दैनन।


 


>> "यदी सच्चै नै त्यो ठिटो सबै भन्दा स्यानो रहेछ भने किन न गर्ने गिनिस बुक मा आफ्नो नाम दर्ता गर्न पछाडि पर्ने ? ईन्टरनेट को सुबिधा र प्रयोग गर्न जानेको भए त्यो ठिटोले यो कुरा ऊठाउदैन थियो होला, यो तपाईं हरु जत्ती भाग्यमानी रहेनछ अहिले सम्म ."


हाम्रो भाग्यमाथी रिस नगर्दा हुँदैन? साधारण  मान्छेले पनि बुझ्ने कुरो के हो भने जुन कुरो आफुलाई थाहा छैन, त्यसबारे अज्ञानता प्रकट गर्नु महत्वपूर्ण हुन्छ। बेनिमा ईन्टरनेट नभएको पनि हैन।  प्रयोग गरे भए। नत्र पत्रकारलाई आफु सबभन्दा कान्छो भनेर फुर्ती गर्नु अघी 'म हुँ कि?' भनेर सोधे भयो। सोध्दैमा केही जाने हैन। नजानीकन 'क्लेम' गर्नु हुँदैन भन्ने त सबैलाई थाहा हुनुपर्ने हो।

पत्रकारिता र ठिटोको मिहिनेत मुछियो, दुई फरक कुरा हैनन र ?


 


>पत्रकारिता र ठिटोको मिहिनेत मुछियो, दुई फरक कुरा हैनन र ?


यसमा म 'पार्सियल्ली' सहमत छु। ठिटोले दु:ख गरेर कमर्सियल्ली भायबल हुने गाडी बनायो भने बेसै भयो। तर सस्तो फुर्ती गर्ने, र सरकार सँग पैसा माग्ने भने गर्न पाइदैन।  Again, First study something, then make a claim about things such as being first inventor or finding the cause of our 'pachhaudepan'.



Read Full Discussion Thread for this article