Posted by: Rahuldai October 29, 2009
Bahun le desh bigaryo, aba ke garne
Login in to Rate this Post:     1       ?         Liked by

नेपालको माया गर्ने मित्रको अर्को धागो पनि पढेको थिएं । दुबै धागो पढ्दा लाग्यो, उहाँमा नेपाली बर्ण बिन्यास को ज्ञान रत्ती भर रहेन छ।



श्रेष्ठ, प्रधानहरु नेवार हैन भन्नु भए रहेछ । को हुन त नेवार ?? सोध गर्नुस् मित्र । अचेल गुगलमा सबै भेटिन्छ ।



"नेवार कुनै जाती हुँदै होइन। नेवारी भाषी समुदायको परिचयबाचक् नाम हो। नेवार भित्र ब्राम्हण, छेत्री , बैश्य र शुद्र सबै छन।"


श्रेष्ठ हरु राणा समय भन्दा युगौं पहिला नेपाली  हुन भन्ने कुरा ८-९ कक्षा को ईतिहास पढे छर्लङ्ग हुन्छ । मल्लकाल को अन्तिम समयमा ललितपुर को शासन त्यहाका ६  प्रधानहरुको हात मा थियो । अमात्य मन्त्री हुन त्यती बेला का।



मित्र जोशमा होश गुमाएर जथाभावी न लेख्नुस् । नेवार समुदाय भित्रका जोशी ( जस्तो स्व डा मंगल राज जोशी ),कर्माचार्य, राजभन्डारि आदी पनि ब्राम्हण नै हुन । पशुपतिका पूजारी हरु ( भट्ट बाहेक) सबै राजभन्डारी नै हुन ।


अर्को कुरा सान ब्रो सँग तपाईं को रीस किन हो थाहा भएन। काठमाडौ बाहिर को नेवार भनेर आफ्नो अल्पज्ञान को देखाउनु भयो। नेवार काठमाडौ का हुन वा बाहिर को त्यसको कुनै अर्थ छैन। भाषा र जाती प्रती आसक्ती छ वा छैन भन्ने महत्वपूर्ण कुरा हो । नेपाली जहाँँ बसे पनि नेपाली नै हुन्छ।



अब मलाई नि गाली गर्ने होला मित्रले काठमाडौ बाहिर को नेवार वा बाहुन भनेर ।
तपाईं को जानकारी को लागि काठमाडौ को काठमाडौमा जन्मी हुर्की त्यतै जिन्दगी को अधिकांश पल बिताउने नेवार हुँं । नेवारी बोल्ने मात्र होइन लेख्ने पनि गर्दछु । तर तपाईं ले जस्तै अरुलाई गाली गर्दिन। हो, चोर फटाहा डाँका जुना सुकै जातिका भए नि गाली बिरोध गर्छु ।


****************************


सारीमा सेउसी देखिने मित्र,


ज्यापू को अर्थ बुझ्नुस्। किसान हुन । नेपालका प्राय जसो जाती ले खेती गर्छन् । तपाईं को तुच्छ शब्द सबै जाती जनजाती को लागि गाली हुन गएको छ ।
अर्को मित्रले ब्राम्हणलाई गाली गर्‍यो भन्दै मा त्यसरी नै जवाफिनु पर्छ भन्ने छैन नि , मखुला ??

Read Full Discussion Thread for this article