Posted by: ritthe October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

अहम् !


आज ब्यान मिस दिदीले च्या को केत्ली चौतारीमा पुर्याइदिनु  सबैले खान्छन भनेर मलाई दिएको कुरो सोर्है डलर साचो सत्य हो ! मैले पनि इमान्दारिता पुर्वक दोहोरो बचन नफर्काइ उक्त चियाको केत्ली लिएर आफ्नो गन्तब्य तिर अर्थात चौतारी तिर सुरु सुरु लागेको कुरा झन ३२ सै डलर सहि सत्य हो !


सिमसिमे पानी परीरहेको बेला रिट्ठे अनी उसका एउटा हातमा छाता र अर्को हातमा चियाको केत्ली !
समय: बिहानको ७:१५
स्थान: तल्लो भन्ज्याङ र चौतारी बिचको कैले साहुको पसल छेउ !


हर्के: हन ए रिट्ठे बजिया कता हिंडेउ ब्यान ब्यान यस्तो झरिमा? अनी हातमा चियाको केत्ली जस्तो नि देख्छु ! कुरो निक्कै गहिरै छ कि कसो हँ? (हर्केले एक हातले आफुले चलाइराखेको रिक्साको बिरेक थिच्दै अर्को हातले सर्टको बाहुला मास्तिर सार्दै भन्छ)


रिट्ठे: ए हर्के कताँटी आएउ नि तिमी? म त हेर यि मिस दिदीले दिएको चिया को केत्ली माथि चौतारी सम्म पुर्याइदिन जान ला' !


हर्के: कठै यस्तो झरीमा नि छाता ओढी ओढी कन चियाको केत्ली बोकेर ! मान्छे त सोझै हौ तिमी !


रिट्ठे: हैन अब ब्यान ब्यान यसो अलिकती हिडाइ नि हुन्छ फेरी माथ्लो गाउको हुलाकी काइला नि सिकिस्तै छन रे यसो के भा' रैछ भनेर हेर्न नि जाम भनेर नि !


हर्के: हरे हुलाकी काइला लाई हेर्नै जान मन भये त भरै तिर अली पानी थामिएसी गये नि हुन्थ्यो नि बरु ! यस्तो झरीमा नि कती हिंड्न मन लाको तीम्लाई? बरु म नि उतै जादैछु चौतारी तिरै खै देउ त्यो चियाको केत्ली मै पुर्याइदिउला बरु ! 


रिट्ठे: ए हुन्छन्त तेसो भये बरु हुलाकी काइलालाई हेर्न भरै अली उबेर गरेसी जाउँला म ! बरु तिमीनै पुर्याइदेउ न त यो चिया को केत्ली !


हर्के: खोइ ल्याउ त ल्याउ !


 

Read Full Discussion Thread for this article