Posted by: pire October 27, 2009
नेपालमा नयाँ आर्किमिडिज
Login in to Rate this Post:     0       ?        
अब यो खबर हेर्नु भयो भने यसमा राम्रा र नराम्रा दुबै पक्ष छन। गाउँको केटोले यसरी सोचेर , शायद भारत र चिन बाट सामान ल्यएर सोलार कार एसेम्बल गर्‍यो (बनायो त हैन)। त्यो अति राम्रो कुरो हो, यसरी गाउँ गाउँ मा बच्चा हरुले दिमाग लगाउने बानी लगाए राम्रै हुन्छ। तर त्यसपछि त्यो आर्टिकल अति तिर गयो, फुच्चेले ठुला डिं हान्न थाल्यो। गिनिज बूकमा नाम लेखाउने आदि कुरो गर्नु, बाउले र पत्रकारले अप्रत्यक्ष्य रुपमा पैसाको सहयोग को याचना गर्नु हासोउठ्दो कुरो हो।

अब यस्तो रिपोर्टिङ् किन मुख्य खबर जस्तो गर्नु, ग्रामीण समाचार मा राखे भैहाल्यो नि। बच्चाले गाडी बनाए, भिड हेर्न आयो भनेर सकिदिएको भए हुने,  गिनिज बूक् र ठुलाठुला कुरो नगरि।
Read Full Discussion Thread for this article