Posted by: pire October 27, 2009
नेपालमा नयाँ आर्किमिडिज
Login in to Rate this Post:     0       ?        

No_Quiero, ouch..what did you do man? deshkai beijat.. aba sara sansarle thaha paune ...


Nepali:


Totally agree. मैले पनि जर्मन बन्धुहरुको हावादारी गफ पढेको थिए। तिललाई पहाड बनाएर केहि काम गर्नु अघि नै के के न गरें भन्दै हिरो बन्न खोज्नेहरुको मुर्खताले अरु कति नेपालीलाई सस्तो लोकप्रियता खोज्न र मेहनत भन्दा गफ, फुर्ति दिन इन्करेज गर्ने हो सोच्दा अफसोच हुन्छ। फेरि यो स्कुलमा इन्टर्नशिप् पाए भनेर गाउघरतिरको आफ्नो प्रेमिकालाई फुर्ति लगाएको जस्तो पत्रकारको अगाडि फुर्ति लगाउनेहरुले भविष्यमा फर्केर हेर्दा आफ्नो फेस कसरी हेर्छन् होला? कति लाज हुनेहोला आफ्नो विगत प्रति यिनीहरुलाई?
अझ केहि वर्ष अगाडी एकजनाको युवामन्चमा कभरमै हो क्या रे फोटो थियो, जर्मनीको कुन विश्वविद्यालयबाट पाच सय डलरको पुरस्कार पाएपछि गएर ठुलोठुलो गफ दिएछ सोमले।
कत्राकत्रा युनिवर्सिटिमा चुपचाप बसेर काम गर्ने पनि नेपाली छन, तर यि हावाहरुको कुरोले पत्रिका भरिन्छ, के भन्ने।


newlynew,
सुम्निमा सिं एक जमानामा एसएलसि बोर्ड फस्ट हुन्। उनि बोर्ड फस्ट भएपछि उनले र उनका बुवाले के भने भन्दा उनीहरु अब बर्षै पिच्छे एउटा किताब लेखेर गिनेज बूकमा नाम लेखाउने रे। मैले मनमनै के सोचेको थिए भने ए बाबा फेमस हुनलाई के पचास वटा किताब लेख्नु पर्छ? टोल्स्टोयका पाच किताब फेमस छन्, तर धेरै जस्तो लेखकको सम्झन योग्य एउटा मात्र किताब हुन्छ, देवकोटाकै पनि कति किताब सम्झिइन्छ र? सुम्निमा पछि पाकिस्तान गएर मेडिकल पढेर त्यहा टप गरिन्। हजुर, नेपालमा यो कुरो पत्रकार वरिपरि राखेर नभन्ने त कुरै छैन। फेरि शुरु भयो उनको छ सात भाषामा किताब लेख्छु, तिनवटा नोबेल पुरस्कार जित्छु भन्ने श्रूंखला। पढेलेखेको टाठि मान्छेले तेस्तो हावा कुरो गरेको कस्तो सुहाउदैन, तर भनिदिने कसले?फेरि पाकिस्तानको विश्वविद्यालय भनेको थोडा इण्डिया र चाइनाको टप विश्वविद्यालय हो र थोडा, खास कुन चाहि पकिस्तानीले नोबेल पुरस्कार पाएको छ र? (एकजनाले छ क्या रे)
फेरि नेपालमा यस्तो कुरो गर्‍यो भने पढ्ने मान्छेलाई इन्करेज गरेन, इर्ष्या गर्‍यो भनिदेलान् भन्ने पिर। तर हावादारी गफ् अति भो।

Read Full Discussion Thread for this article