Posted by: Birkhe_Maila October 27, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

लुकाइ राखेको गाँठ तिम्रो चोर्न पाए हुन्थ्यो


भिलेन तिम्रो बाउको खप्पर फोर्न पाए हुन्थ्यो


तिमिसित हुक अप छिटै जोड्न पाए हुन्थ्यो


तिम्रो दिलको बारि मैले गोड्न पाए हुन्थ्यो


तिम्रै लागि दाह्रि फालेँ दुई जोर सुट हालेँ


हात मुख जोर्न धौ धौ छ तर ट्याक्सि चढ्न थालेँ


मयल माडि माडि नुहाउँछु तिम्रै गित म गाउँछु


बिहे त होस आहा! तिम्रो सम्पत्ती सबै पाउँछु


लुकाइ राखेको गाँठ तिम्रो चोर्न पाए हुन्थ्यो


भिलेन तिम्रो बाउको खप्पर फोर्न पाए हुन्थ्यो


खरबारीमा भेटौँ है सानु माया पिरती साट्नु छ


सम्पत्ति ताकेको हैन भनेर तिम्रो बाउलाई ढाँट्नु छ


भैँसि भन्दा त राम्री नै छौ केलाई चाहियो रुप


जहाँ पायो त्यहिँ सल्काउलाऊ नि फैरि यो बैँशको धुप?


लुकाइ राखेको गाँठ तिम्रो चोर्न पाए हुन्थ्यो


भिलेन तिम्रो बाउको खप्पर फोर्न पाए हुन्थ्यो

Read Full Discussion Thread for this article