Posted by: Nepal?? October 27, 2009
नेपालमा नयाँ आर्किमिडिज
Login in to Rate this Post:     0       ?        

यी जन्तुहरु र नेपालका नेताहरुमा केहि फरक छैन । झुक्किएर नेता बन्नु पर्ने यि जन्तुहरु कापी च्यापेर कलेज गएकोले यि "साइन्टिफिक भाषण" दिदै हिडेका छन ।


लिष्टमा थप्नै मन लाग्यो अर्को पनि । भट्टजीको जस्तै अर्को गफ:


यि ठीटाहरु मास्टर्स गर्दा डिपार्टमेन्ट मार्फत अनिवार्य रुपमा गर्नु पर्ने इन्टर्नशीप गर्न फ्राउनहोफर इन्स्टिच्युटमा गए र यिनको गफ तल छ । हुन सक्छ यिनलाई त्यहा कसैले पत्याएर मास्टर्स थेसिस वा अझ धेरै गर्लान त्यो ठाउंमा तर यिनिहरुले अहिले गर्ने भनेको त्यहांका प्राविधिकहरु संग नया विषयमा सिक्ने हो न कि शोध गर्ने । र यिनिहरु जस्ता धेरैले २-३ महिने यस्ता इन्टर्नशीप त्यस संस्थामा गरिसकेका छन । त्यसमा यिनिहरुको गफ भट्टजीको जस्तै "पहिलो नेपाली" रे ! कति गफ दिन पर्छ यिनलाई, पछि लाज हुन्छ भनेर सोचे पनि हुन्थ्यो नि ! २ सेमेस्टर पढेर जर्मनीमा शोध गर्ने !


काठमाडौं, साउन १८ (नागरिक)- नवीकरणीय उर्जा व्यवस्थापनसम्बन्धी अध्ययन गर्न जर्मनी गएका दुई नेपाली विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । फ्रिम्वर्ग विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेका विराटनगरका दिपक कडुवाल र नवलपरासीका सुवर्ण सापकोटा उत्कृष्ट ठहरिएका हुन् ।

पहिलो र दोस्रो सेमेस्टरमै राम्रो परिणाम ल्याएसागै दुवै सौर्यउर्जासम्बन्धी विश्वप्रसिद्ध फाउनहोफर इन्सिच्युट (आइएसई) मा शोध अध्ययनका निम्ति छनोट भएका छन् । उक्त संस्था सौर्य उर्जासम्बन्धी विश्वकै सबभन्दा प्रमुख अध्ययन केन्द्र मानिन्छ ।


नविकरणीय उर्जाका क्षेत्रमा 'नासा' मानिने उक्त संस्थाले सबभन्दा प्रभावकारी सोलर सिलिकोन बिकास गरेको छ ।

'पहिलो र दोस्रो सेमेस्टरमै राम्रो गरेकाले हामी -उक्त संस्थामा) सहायक शोधार्थीका रूपमा चुनिएका छौं' कडुवालले उत्साहित हुादै सुनाए, 'यो अवसर पाउने हामी प्रथम नेपाली भएका छौं ।' दुवैले सोमबारदेखि पूर्णरूपमा सहायक शोधार्थीका रूपमा काम सुरु गरेका छन् ।

पूर्वाअञ्चल क्याम्पस धरानबाट एगि्रकल्चरल इन्जिनियरिङमा स्नातक गरेका दुवै गत वर्ष नवीकरणीय उर्जा अध्ययनका लागि पि|mवर्ग भर्ना भएका थिए ।
दुवैले आइएसईमा सस्तो मूल्यमा अर्गानिक सोलार सेल निर्माणसम्बन्धी शोध गर्नेछन् । उक्त संस्थाका वैज्ञानिकहरूले नै अहिलेसम्मकै सबभन्दा बढी क्षमताको त्यस्तो बनाइसकेका छन् ।

'नेपालजस्तो देशमा यसको अध्ययन र निर्माणले ग्रामिण विद्युतिकरणमा ठूलो फाइदा पुग्नेछ' अध्ययन सकेपछि नेपालमै आएर सौर्य लगायत नविकरणीय उर्जा क्षेत्रमा क्रियाशिल रहने सोच बनाएका दुवै विद्यार्थीले भने । अर्गानिक सोलार सेल उत्पादन सस्तो हुने उनले बताए ।

यसैबीच अर्का नेपाली सञ्जिभ गौतमले प्रख्यात म्याक्स प्लाङ्क इन्सिच्युडमा अध्ययन गर्ने अवसर पाएका छन् । जर्मन सरकारको पूर्ण छात्रवृत्ति रहने प्रतिष्ठित 'फेलो अफ जर्मन एक्सलेन्स' अन्तरगत उनी त्यहाँ अध्ययन गर्न गएका हुन् । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट मोलिकुलर मेडिसिनमा स्नात्तकोत्तर गौतमले प्लाङक्मा ल्युकेमिक (घातक क्यान्सर) को उपचारका लागि प्रयोग हुने रक्त कोष विकास र प्रत्यारोपणबारे अध्ययन गर्नेछन् ।

Last edited: 27-Oct-09 12:55 PM
Read Full Discussion Thread for this article