Posted by: pire October 26, 2009
नेपालमा नयाँ आर्किमिडिज
Login in to Rate this Post:     1       ?         Liked by
पत्रकारहरुको अर्को समस्या के छ भने उनिहरु यस्ता क्लेम लेख्छन मात्र हैन कि अनी 'लौ सरकारले केही सहयोग गरेन' भनेर लेख्छन। अब यस्ता हावा लाई के सहयोग गर्नु? बोल्न सक्ने ले सरकार लाई दुहुनो गाई बनाएर लुट्ने चलन अती भईसक्यो। अस्ती भर्खर पुषकर शाहले भनेकी सरकारले केही गरेन। ए बाबा, के गर्ने, उनी आफ्नो खुशीले साइकल चलाएर गए, अब उनको रिटायरमेण्ट फण्ड गरीब जनताले दिनुपर्ने? कि जानु अघी नै सोच्नु पर्छ आएर के खाउला के लाउला भनेर? कि पहिल्यै टुरिज्म बोर्ड्लाई म आएपछी जागीर दिनुहोला भन्नु पर्‍यो। पत्रकारहरुले त जथाभावी पैसा बाड्ने कुरो को विरोध गर्नु पर्ने हो। जाजरकोटका गरीब खान नपाएर मरेको बेला कुनै पत्रकारलाई औषधी
खर्च कुनै कबिलाई के खर्च बाडेको देख्दा मन कटक्क दुख्छ। बोल्न सक्ने लाई लाख रजाई,बोल्न नसक्नेलाई अत्यन्त शासना, यो कहाको न्याय हो ? पत्रकारहरुले बरु यस्तो कुरो पो लेख्नु।
Read Full Discussion Thread for this article