Posted by: pire October 26, 2009
नेपालमा नयाँ आर्किमिडिज
Login in to Rate this Post:     0       ?        

नेपाली पत्रकार हरुले देशको बेइज्जत गर्ने भए, जे पायो तेही छापेर। फेरी हाम्रो देशमा के भाछ भने सस्तो प्रचारको लागी मैले आइन्सटाइनलाई गल्ती सिद्द गरें, मैले हावाइजहाज उडाए, बिजुली निकाले भन्ने हावा नै  आएको छ।  यसो गर्दा अरु बच्चाहरुलाई पनि सस्तो हल्ला चलाऊने रहर चल्छ, खराब रोल मोडेल हरु बढ्छन। यो पनि तेस्ताइ हावा कुरो हो।


माथि एक पोस्टर ले भनेको जस्तो यो सबभन्दा साधारण , सबभन्दा सुन्दर थेओरी हो , जुन हजारौं वर्षदेखी मान्छेले मान्दै आइेको  छ, तेसको आधारमा धेरै अरु साइन्टिफिक काम  भएका छन। तेस्सै हावामा गलत भन्दिने? अनी पत्रकार वा कालेजको टिचर कुन अथोरिटि हो तेसो भन्न?


यो बच्चा हरुलाई मेरो सुझाब, पहिला लुरुलुरु पढ, ग्राजुएट स्कुल जाउ, बल्ल धेरै कुरो बुझ्छौ। रिसर्च कसरी गर्ने, कसरी थ्योरेम सिद्ध गर्ने भन्ने नजानेको उमेरमा ठुल्ठुल्ओ हल्ला गर्न हुँदैन, जिन्दगी भरी तिमीलाई लाज हुन्छ।

Read Full Discussion Thread for this article