Posted by: Rahuldai October 26, 2009
Login in to Rate this Post:
1
?
Liked by
तिम्रै काखमा मर्न पाए हुन्थ्यो !!!!!!
लुकाइ राखेको मुटु तिम्रो चोर्न पाए हुन्थ्यो,
तिम्रो मुटुमा मेरो नाम कोर्न पाए हुन्थ्यो।
आँखाबाट प्रणय ज्योति छछल्केको देख्दछु म,
त्यै आँखाबाट दुई बूंद मोती झर्न पाए हुन्थ्यो।
तिम्रो कसम, जिन्दगी भरी साथ दिइरहन्छु म,
भरोसामा एक चिम्टी सिन्दूर भर्न पाए हुन्थ्यो ।
अंगालोमा बाँधिएर खाएको झुठो वाचा होइन यो
तिम्रै न्यानो काखमा सजिलै मर्न पाए हुन्थ्यो ।