सपैलाई जदौ!
मुन्द्रे आ'र रिसा'र गएछ। अब कुरो के भन्देखुन यि अचेलका चिचिले भुराभुरिहुरलाई हाउँरो पालाओ चौतारी चाइन्जो कस्तो हुन्च भनेर देखाम्न भित्ता पोतेको के रे कसो भत्केर पुरेन सपैलाई! खै मुन्द्रे कता हराए कता सपै कोई कोई त जिम्दै होलान कतै, कोई माथि पुइसके कि? अचेलका ठिटाठिटिले हाउँरो कुरो बुज्दैनन्। यो पुरे केटो अलि कुरो बुज्ला अस्तो लाउछ मलाई, अरु त हाम्ले मार्या बात नि बुज्दैनन क्यार्नु।
गोताएँ आफ्नो घरा आँगनमै अर्को चौतारी चिनेर तेतै बरालिन्चन्।
नमे नि सपैलाई ओइरो कसेर ले'र गओ, हामि दम्तरी भन्दै आफ्नै चइन्जो चिचिलो बरपिपल सारेर तेतै हराओ केरे।
भउते असत्ति मुउलान भास्सिओ तेतै चइन्जो घरजम अरेर बस्या छ भन्ने सुनिन्छ।
पुन्टे बुडो तालुमा सातोटा रौँ बाँकि भएसि, तो सातोटालाई गुणन अरेर सात सय रौँ बनाईन भन्देखुन कुन्नि के को छोरो भनेर भाकल अरेर हिनेका, पछि तेई सातोटानि उखेलिएर चिप्लेटि भएसी मुख देखाम्न लाज मानेर एताहुँदि उक्ल्या नि छइनन्।
एस्तै छ ई एताको चालामाला! तिउँरो के छ? गोडा दुई तिनेक बर्ख पइले पुरान लेख्तैथेऊ, अइले त पन्नित भैसकेऊ होलाऊ?