Posted by: BKMailo October 25, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        

क्रान्तिकारीको आक्रमणमा क्याम्पस प्रमुख गम्भीर घाइते








भोजपुर,
२०६६ कार्तिक ८ -  माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) समर्थित
विद्यार्थीहरुले भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईलाई
आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । घाइते राईको भोजपुर जिल्ला
अस्पतालमा उपचार भइरहेको छ ।


 क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिता राई, उपाध्यक्ष नविन परियार र सचिव
दिनेश खनाल, इन्सान लगायतको नेतृत्वमा आएको १२/१५ जनाको समूहले आइतबार
क्यामपसभित्र प्रवेश  गरी उनीमाथि आक्रमण गरेका हुन् । घटनापछि
क्रान्तिकारीकी अध्यक्ष सुनिता राईले प्रहरी समक्ष आफै गिरफ्तारी दिएकी
छन् । उनीमाथि अनुसन्धान गरिने र अन्य फारार अभियुक्तलाई पक्राउ गरी
कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताए । अन्य
आक्रमणकारीहरु पक्राउ परेका छैनन् ।   


 बुधबारदेखि हुने स्नातक र प्रविणता प्रमाण-पत्र तहको परीक्षाको तयारीको
लागि प्राध्यापकहरुबीच छलफल चलिरहेको बेला एक्कासी भित्र प्रबेश गरी
खुकुरी, फलामको रड, काठको मुङ्ग्रो, लठ्ठीले आक्रमण गरेको
प्रत्यक्षदर्शीहरुले बताए । क्यामपस प्रमुख आइतबार १० बजे कार्यालय पुगेका
थिए ।


 क्रान्तिकारीको आक्रमणबाट राईको टाउको फुटेको छ । उनको टाउकोमा २६ टाका लगाइएको डा. प्रदिप थापाले जानकारी दिए ।


 क्रान्तिकारीद्वारा क्याम्पस प्रमुखमाथिको आक्रमण बिरुद्ध मानव अधिकारका
लागि नागरिक समाज, भोजपुर क्याम्पस प्रध्यापक संघ, त्रिवि कर्मचारी युनियन
लगायत बिभिन्न संघ संस्थाले घोर भत्र्सना गर्दै आक्रमणकारीमाथि कानुनी
कारबाहीको माग गरेका छन् ।


 अखिल क्रान्तिकारी समर्थक विद्यार्थीले क्याम्पस प्रमुखको राजीनामा
माग्दै आएका छन् । यसअघि उनीहरुले क्याम्पस प्रमुख बिरुद्ध नाराबाजी गर्दै
राजीनामा दिन दवाब दिदै आएका थिए ।


क्रान्तिकारीले गत जेठ १७ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा
तालाबन्दी गरेका थिए । तालाबन्दी अझै खुलेको छैन । क्याम्पसमा कर्मचारी
छनौट गर्दा पक्षपात गरेको आरोप लगाउदै सुरु भएको क्रान्तिकारीको आन्दोलनले
करिब ६ महिना क्याम्पसको वातावरण अस्तव्यस्त थियो ।


कर्मचारी छनौटको बिषयमा विवाद बढेपछि त्रिभुवन विश्वबिद्यालय केन्द्रीय
अनुगमन टोलीले अध्ययन गरी पक्षपात नभएको पुष्टि गरिसकेको छ । पछिल्लो समय
छनौट भएका कर्मचारीलाई नियुक्ति दिनुपर्ने फैसला समेत गरेको छ । 


 क्याम्पस प्रमुखमाथिको आक्रमणले स्नातक र प्रविणता प्रमाणपत्र तहको
परीक्षा संचालन हुने वा नहुने बारेमा अन्योलमा परेको शिक्षाशास्त्र संकाय
प्रमुख उत्तमसिंह राईले बताए ।
Source : http://www.ekantipur.com/np/news/news-detail.php?news_id=301317
Read Full Discussion Thread for this article