Posted by: Birkhe_Maila October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

हाहहाहाहा....जमानाको...दादाको कवितामा भाउते(?) को उत्तर------

Dada_Giri [Subscribe]

Posted on 03-04-05 5:45 AM     Reply | Notify Admin

Rate this Post:     0       ?     Like     Flag Fix Unicode

 

तिमी मेरी बुढीलाई किन हेर्छौ?

बिहे गरेँ
सबैलाई बुढीको परिचय गराउन साझामा आएँ,
सबैको बधाइ खाएँ!
बुढी मेरै हो
बुढीले लगाऽको सिक्री नि मेरै हो
बधाइ दियौ त के भो?
ठिकै भो!
सिक्रि हेर्ने निहुमा
तिमी मेरी बुढिलाई किन हेर्छौ?
***
मेरी बुढीलाई नि गजल मन पर्ने
गजल फर्माइस गरेकै थिएँ
ऊ त्यो गजल सुनाउने दाइ!
हैन, मीठो गजल सुनायौ त के भो?
ठीकै भो!
एक रुपिञाको नोट दिएकै थिएँ
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
***
सालीको फोटो देखाऊ! रे?
ऊ त्यो, कन्फ्युज्ड भाइ!
सालीको फोटो हेर्न मन भए मलाई भन न
डिजिटल क्यामेरा मेरै हो
फोटो अपलोड गर्ने म नै हो
सालीको फोटो हेर्ने मन भो त के भो?
ठीकै भो!
फोटो पठाइदिम्ला भनकै थिएँ!
साली राम्री छे भनेकै थिएँ
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
***
भाउजुको SLC कुन स्कुलबाट? रे!
ऊ त्यो पुन्टुरे भाइ!
जुन स्कुलबाट भए नि के भो?
मैले बिहे गरेसी तिम्री भाउजु न हो?
स्कुलको नाम सोध्ने भए मलाई सोध न
बुढी मेरै हो
भाउजुको सर्टिफिकेट मैसित छ?
स्कुलको नाम सुन्न मन भो त के भो?
ठीकै भो?
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
Thanks to the original writer of
माइल्दाइकोचिया पसल

 

SaruBhakta-II [Subscribe]

Posted on 03-08-05 9:43 PM     Reply | Notify Admin

Rate this Post:     0       ?     Like     Flag Fix Unicode

 

?दादा गिरी? जी, यहाँ छ तपाईलाई उत्तर: (यो केबल तपाईँको कविताको उत्तर हो। अन्यथा नलिनुहोला)

तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?

बगलामूखी नि धाएँ, धेरै कसम नि खाएँ
नगरकोट पुगिपुगि पिरती लाएँ,
सिक्रि त मैले पनि दिएको थिएँ
हेर त त्यो सिक्रि त मेरै परेछ
आखिर पहिलो प्रेमिका त मेरै हो
बिहेको नाटक गरेछौ त के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
गजल पनि गाएँ, म्वाईँ पनि खाएँ
उनकै ओछ्यानमा कति बिताएँ, बिताएँ
पछि उनको सोचाइ फरक भयो रे
धेरै सँग अनुभव सँगाल्ने रहर भएछ
पछि त, यहि पेषा अँगाल्ने लहर भएछ
तिमी पो उ सँग बिहे गरेछौ
१२१औँ श्रीमान तिमी पो परेछौ, के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
म पनि के कम, मन भो फेरि चाखौँ
सालीलाई पनि किन बाँकि राखौँ
आखिर उनको खान्दानीया पेषा नै रहेछ
सालीसँग नि एक रात त बिताइसके
फोटो माग्नु त एक बहाना मात्र थियो
फोटो दिन इन्कार गर्यौ त के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
स्कुल त हामीले सँगै पढेको
एस एल सि पनि सँगे बसेर गरेको
चढ्दो यौवनको पहिलो चरम आनन्द
म यत्तिकै बिर्सन कहाँ सक्छु र एस एल सि दिँदाका ति रातहरु
अहिले उनलाई ति दिन सम्झाउन चाहेँ त के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
उहि तपाईँको
?
सरुभक्त-द्वित्तीय?

 

 

Last edited: 23-Oct-09 02:42 PM
Read Full Discussion Thread for this article