Posted by: Birkhe_Maila October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

ए राता मकै!


हन मुन्द्रे जिम्दै रेछऊ त गाँठे! मुउलान भास्सिएर कइलेनि आएन कइलेनि आएन भनेर मया नै मारिसक्या थेम गाममा फर्केछौ खुसि लाओ बाबै। "उतै परान गयो जस्तो त कठै मुन्द्रे को" भन्ते काका, बिचरा आफैँ भाँस्सिए पछि त....काका हरा'को नि चाइन्जो गोडा दुएक बर्ख भओ। परारै ग्वाँचेले हजुरबालाई तीर्थ लाँदा बनारसमा झुलुक्क काका जस्तै कोल्लाई हो देख्या भन्तो। "ए काका तपाइँ एतई जिम्दै हुनुहुँदोरेछ नि!"  भनेर भन्या रे, बुडाले पुलुक्क ग्वाँचेलाई हेरेर हुलमा भागेर कता हराए कता रे! के पिर परेछ कुन्नि बुडालाई! घरमा खोज खबर केई छईन रे! जोगि अस्तो दारि पाल्या थे रे भन्तो ग्वाँचे बनासरमा देख्दा पनि! के भओ के भओ पुराना बुडाखाडालाई पर्भु!

Read Full Discussion Thread for this article