Posted by: Rahuldai October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

के हुनु रिट्ठे मार्साब , ३ दिन ३ युग जस्तै भयो नि ।


 


 कसैले सिनसिनाटी पुगेको छौ भन्यो भने " छ " भन्ने सिवाय अरु केही हुने छैन।
१ बजे सिनसिनाटी हावाइ अड्डाको धावन मार्गमा पिलेन अवतरन गर्‍यो। सरकारी पैसा उडाउनु हुन्न भनी सार्वजनिक बस कुरियो १ घण्टा । बस चढियो, शहर को बीच भागमा ओराली गन्तब्य जान अर्को बस खोज भन्यो।


अर्को बस १ घण्टा पछी आउछ रे, अर्कै बस ५ मिनेट मा आउछ अलिकती हिंड्नु पर्छ रे - भनी एक जना भलादमी ले सल्लाह दिए। हल्ला नगरि चुपचाप् अर्को बस चढी गएं। भलादमी संगै बसबाट झरें र उस्ले दिएको दिशा अनुसार हिड्दै गएं । आधा घण्टा पछी बल्ल पुग्नु पर्ने होटल को गजुर देखें, हजुर मैले धेरै दु:ख पाएं । पिलेन मा खान दिने हैन बज्याहरुले , बस मा त कुरै नगरम।



भोकले रन्थनिएको उपलक्षमा झोला कोठामा फालेर भात खोज्न हिंडे। ५ तारे होटल मा खाने त के कुरा सुघ्न पनि २० डलर लाग्छ रे , २५ डलरे भात्ता ले सत्ता जोगाउन गाह्रो हुने ठहर् गरी दुष्टै भए नि  छिमेकी मुलुकका   भोजनालय खोज्न हिंडे। वरिपरि एउटा नाङ्ले पसल पनि भेटिएन । धेरै पर पुगे पछी उत्तर तिरको दुष्ट छिमेकी को किराना पसल भेटें । नजिक कुनै भोजनालय छ कि भनेर सोध्दा " २० मिनेट हिंडे सि उत्तर र दक्षिण दुबै तिरका दुष्टहरुको भान्सा भेटिन्छ भनी। खुट्टा को इन्धन सकिएको अभास मिलेको ले त्यता न जाने र आकष्मिक तथा आपतकालिन खाद्यान्नले पेट भर्ने निर्णय गरी २ पाक्केट रामेन किनी खाँदै हिंडे ।


 

Read Full Discussion Thread for this article