Posted by: Maun October 22, 2009
आखिर को हुन मेरी जीवन सङी?
Login in to Rate this Post:     2       ?         Liked by
अस्ती भेटेकी नि होइनन
हिजो भेटेकी नि होइनन
यो उमेर सम्म नभेटिने
आखिर को हुन मेरी जीवन सङी?

बाउ आमा ले खोजी दिएनन
भन्नु हुन्छ अहिले खुरुखुरु पढ
तेरो उमेर छदै छ
केलाई हतार छ र?

भाईलाई बेथा पोक्छु
उ गललल हास्छ
मोरा किन नहासोस त
उस्को गल्फ्रेन जो छ

बहिनीलाई बेथा पोक्छु
भन्छे आत्मबिश्वासका साथ कुरा गर्नुस्
आफ्नै उमेर ले गर्दा होला
आत्मा त छ तर विश्वाश छैन

सपनिमा सधैं देक्छु
मनमा धेरै बुट्टा बुन्छु
अहा! मेरी परि जस्ती होस्
सम्पूर्ण गुणले सजेकी होस्

आजको दिन पनि बित्यो
हिजो अस्ती जसतै आज पनि निरास छु
फेरी सोच्न बाद्ये छु
आखिर को हुन मेरी जीवन सङी?
Read Full Discussion Thread for this article