Posted by: perfectionist October 22, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
हुसुर्दै छु, झन्नै सर्केन।

जिमालबा किन एक्लै फत्-फताइ रा? म छु त यतै, यस्सो आवाज ला भे हुन्थ्यो नि, त्यो बिस्टेले ल्या थोत्रो रेडियो सुन्दै थें म त, क्रीकेट आइरा थ्यो, खेलको समाचार भन्दा बेसी काइँ-काइँ-कुइ-कुइँ बेसी आउन्छ, तेइ भेर कानै टाँसेर सुन्दै थेँ म त, एस्सो भोक लायो खान पर्ला भनेर उुथेको त जिमाल्बा पो फट्-फटाइरा रेछन।

हैन बुढा बा (अली चिच्याएर), बज्यै खै त भनेर अघी देखिन सोधिराछु, सुन्या कि नसुन्या हो? सुनेर नि जवाफ फर्काउन नजान्या हो कि सुन्दै नसुन्या बाSSSSS

आइया घाँटी सुक्यो चिच्याएर, एक सुर ले बोल्या छ बोल्या छ! अनी बा ले ढेदो खाइ स्कया हो? अघी ल्याइ द्या थें त, रिट्ठेले म लाग्दिन्छु भनेर म सँग लेर गा थ्यो? खानु भएन? बज्ये रिट्ठे खै केइ नि भन्दैन त!
Read Full Discussion Thread for this article