Posted by: PeaceSoul October 16, 2009
बिराला चुपचाप, मुसा चिँचीँ
Login in to Rate this Post:     0       ?        
साह्रै घात लाग्दो लेख छ के रे तर कस्ले पढ्ने यो लेख । काँङ्ग्रेसका कार्यकर्ताले पढी केही शिक्षा लिये हुने ।

विशेष
एवं संयुक्त सुरक्षा व्यवस्थाका नाउँमा अर्थ-राजनीतिक र सांस्कृतिक
मुद्दाहरूको उपचार बन्दुकको बलले गर्न सहयोग पुग्नेछ । अनि ? जस्ता
प्रधानमन्त्री माधवकुमार नेपाल, उस्तै उपप्रधानमन्त्री सुजाता कोइराला !
दुवै हारेका । जनताका नजरमा दुवै गिरेका । दुवै उत्पात पदप्रेमी । भन्छन्
नि, भेंडा-भेंडासित, बाख्रा-बाख्रासित । बस्, सुजाता नानी माधवबाबुसित !

यसलाई
जेसुकै तन्त्र भने पनि माधव सरकार दुई महापुरुषका औँलाका इसारामा नाच्ने
मैनको पुतली हो । एक महापुरुष हुन्, जिपी कोइराला, अर्कार् केपी शर्मा ओली
। लाग्छ, कांग्रेस र एमाले पार्टी यी दुई महापुरुषका एकलौटी मौजा हुन् ।
यी बिराला हुन्, जो चुपचाप राजनीतिको मुसे सिकार गर्छन् । यी दुई पार्टीका
बाँकी जनहरू मुसा हुन्, जो हर्दम् चिँचीँ गर्छन्, तर एउटा माखो मार्न पनि
सक्दैनन् ।



Read Full Discussion Thread for this article