Posted by: Rahuldai October 15, 2009
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।
तारेमाम सूर्जे ब्रो।
सुर्जे झुल्के पछी सूर्य चुरोस को याद आयो। छिमेकी ले ल्याइदिएको २ बट्टा जतन गरी राखेको सम्झे। चुरोस सम्झे पछी सलाई सम्झे। सलाईले कल्लाई भन्यो। मैले मलाई भनें।
दिल जलेको बेला सलाई मलाई किन माग्छौ भने।
दिल जलेको कसरी देख्यौ ? मैले नि प्रश्न तेर्साएं।
उस्ले भन्यो- जस्को मन जल्छ, उसैले सलाई बाल्छ।
अनी तिमी किन बल्छौ त सलाई ?
न बले, जल्नेहरु ले आगो कहाँ पाउछन ? चकमक को दुनियाँ रहेन ।
" म नजले नि लाइटर भन्ने चाइनिज बल्ने चिज सस्तोमा पाईन्छ, अचेल सलाई को भाउ छैन, इज्जत जोगाउन मुश्किल छ । "
लाइटर त देबकोटा बाजे जस्ता राइटर लाई ठीक हुन्छ, मलाई त सलाई नै चाहिन्छ- भन्दै सूर्यलाई स्वाहा गरें।