Posted by: Narayangarh suburb October 14, 2009
झरी
Login in to Rate this Post:     0       ?        
य झरी किन येसरी मात्तेको ?
चौबिसै घण्टा किन पोखेको?

बाटो ओसिलो पारेर
जता-ततै बादल ले ढाकेर
चिसो अनि अध्यारो मौसम
उठ्नै मन नलाग्ने सिरक छाडेर

य झरी किन येसरी मात्तेको ?
चौबिसै घण्टा किन पोखेको?

तातो-तातो चिया पिउ
फेरी सुतौ जस्तो
दिनभरी मायालु संग
लिप्त हुउ जस्तो

कामको थुप्रो येत्रो छ
ज्यान एहा एक्लो छ

अल्छि अनि विरक्ति किन बनाको
हे इन्द्र येत्रो पानि किन खनाको ?

एक होइन दुइ होइन हप्तौ बिती सक्यो
झरी रोकिदैन, मायालुको याद मेटिदैना
बोत्तल रित्ति सक्यो

अफिस जान्छु, घर आउछु हराउने कुनै ठाउँ छैन
सितन कतै पाकया छकी, कान्छीको भट्टीको त नाउ छैन

मात्र चिया र सियाको भर भो जिउ तताउन अनि दिन बिताउन
य झरी किन येसरी मात्तेको ?
चौबिसै घण्टा किन पोखेको?


Read Full Discussion Thread for this article