राहुल जि आज्ञा गर्नु हुन्छ हे हर्के मुनी मैले तिमीलाई अघिल्लो अध्यायमा चौतारीपुर नगर कसरी उत्पती भयो भनेर सारा ब्रितान्त कहे ! अब एक चित्त एक भक्त भएर ध्यान दिएर सुन म तिमीलाई चौतारीपुर नगरका केही अवतारीहरुको बारेमा कहन्छु !
परापुर्व कालमा ब्रह्माको जगत सृस्टि संगै सृस्टि गरिएका इलाय पर्वत को मध्य भागको शिखानगरमा लहर लाकोल नाम गरेका एक ब्राह्मण बस्दछन ! उनी कस्ता भने चैत बैशाख को रापिलो घाममा सुर्य को किरणले प्रिथिवी तातिये जस्तो गरी जती खेर नि तात्तिने ! ब्यान बेलुका केही नभनी जती बेला पायो तेती बेला मात्तिने ! तरुनी सँग मारुनी नाच्न सिपालु , भुराभुरी तर्साउने सुरा सुन्दरी भने पछी हुरुक्कै हुने यस्ता अवतारिको बर्नण हजार जिब्रो भएका शेषनागले त गर्न सक्दैनन म कसरी सक्छु भनेर भन्ना साथ राहुल जि चिलिम ब्रेक को लागि अन्तर्धान हुनुहुन्छ !
इती श्रि स्कन्दपुराणे केदारखन्डे चौतारी माहत्मे राहुल संवादम अत दितिय अध्याय !