Posted by: Deep October 8, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

लहरे: तारेमाम ठुल्दाई, तास भिटिउला?  छर्का छर्का प्वाइन्स का!  



ठुल्दाई: तासमा आस गर्नु भनेको पैसाको नास गर्नु हो .   छर्का प्वाइन्समा हार्यो भने मर्का पर्छ. बरु लालीगुराँस डु ला?



 लहरे : ह्या--- लालीगुराँस उता ककनी तिर फुल्या छ ठुल्दाई, उतै हुँ



ठुल्दाई : फुलको कुरा गर्या भुलमा परेछ लहरे.  धुपको कुरा गरेको मैले त --



पुरे: म संग सिखर छ ल ठुल्दाइ  -- अनि यो लखतरान भएर कता बाट नी ब्यान ब्यानै?



ठुल्दाई: ईलाह्बादबाट आको भर्खर -- थाकेर हैरान भैयो, सुत्न गइयो अब आफु त.



पुरे: ए लहरे, हिंजो जिम्माल कहाँ तास खेल्ने थ्यो क्या रे नी हैन? के भो? 



लहरे :  के हुनु? लुटेर छोडे नी डाँकाहरुले.



पुरे: किन र के भो?



लहरे: सबै मिलेर खेल्या रे छन्. मलाई रातभरी राखेर तिहार पेस्की लग्दे. त्यै डाँकाहरुको खालबाट आउंदै छु अहिले. यता ठुल्दाई संग उधारोमा खेलम भन्या सुत्न हिने.



पुरे: को को थिए त उता खालमा?



लहरे: जम्मै सर्दारहरु थिए नी -- जिम्माल, बशंती, रिट्ठे, बैरे --



पुरे: अनि के गरे त?



लहरे: भन्या सुनीनस अघि लुटे भनेर?



पुरे: कसरी भन्या नी?



लहरे: अब आफु परियो सोझो मान्छे--- थाह पाईएन -- जिम्माल र बैरे एक पाटी रे छन्
बशंती र रिट्ठे एक पाटी.



पुरे: ए हो र?



लहरे: अनि के त? रिट्ठेले माल हेरे पछी मायाले त जे दिए पनि प्यारो आफुलाई भन्ने. --



पुरे: त्यो भन्या के  नी?



लहरे: के हुन्थ्यो? माया भन्या पान भै गो हार्ट शेप को  जे भन्या गुलाम. अनि बशंतीले पानको गुलाम च्याप्या च्यापेई.  



पुरे: ए खत्तम गरे छन् त --



लहरे: अनि फेरी बैरे माल हेरेर -- खै यसो घर बनाम भया -- केई झर्दैन भन्ने -- घर बनाउन ईंटा चाईयो, के भन्या बास्सा. ईन्टाको बास्सा माल. आफुले चै टाट भएसी बुझियो. बुझेसी कुरा उठाको सबै मिलेर निकाल्दे मलाई.



पुरे: बिजोग भएछ त --



लहरे: त्यै त -- माल फेरी यसो उसो गर्यो धेरै जसो सुरोतको सत्ता, चिडीको नहर,  अनि पानको चौका पर्ने. त्यो चै अहिले बाटामा आउँदा याद गरेको मैले. अनि ईन्टाको बास्सा  र पानको गुलाम त छदै छ.  बेला बेला चै म पनि स्मार्ट भनेर पानको गुलाम र ईन्टाको बास्सा च्यापेर बस्थे. अनि माल अर्कै हुने त्यै कि सुरोतको सत्ता, चिडीको नहर,  कि पानको चौका -- के भाको के --



पुरे: ए! ल त ल ब्रो म पनि अब लाग्नु पर्यो काम छ.



(पुरे जिम्माल कहा गएर ढोका ढक ढक गर्छ).



बैरे: लहरे! गाँठ लिएर आ हो तँ?



पुरे: गाँठ लिएर हैन गाँठ लिन आको. ढोका खोल.



(रिट्ठेले ढोका खोल्छ)



जिम्माल (अलिकति नोट दिदै) : ला पुरे तेरो भाग -- तैले त्यो सुरोतको सत्ता, चिडीको नहर,  अनि पानको चौकामा चिनो चै हरीप लाको हो ल --


************


 


स्वस्ती गरे है सबैलाई. 

Read Full Discussion Thread for this article