Posted by: mulkatta October 7, 2009
Why people are running behind Namrata??
Login in to Rate this Post:     0       ?        

Source: Nepalipatra


http://www.nepalipatra.net/new/news.php?content_id=10146


अच्युत कोइराला


काठमाडौँ, असोज १८/नायिका तथा मोडल नम्रता श्रेष्ठको सेक्स भिडियो अब इन्टरनेटमा व्यापारसमेत हुन थालेको छ । नायिका तथा मोडल नम्रताले यो भिडियो आफ्नो होइनसमेत भन्न नसकिरहेको अवस्थामा उनका दुईवटा भिडियोलाई अमेरिकी एउटा वेबसाइटले सनसनीखेज भिडियो भन्दै इन्टरनेटमा बेच्न थालेको छ । नम्रताकै नाउँमा खोलिएको नम्रताश्रेष्ठडटकममा भिडियोका बारेमा जानकारी दिइएको छ भने त्यहाँ क्लिक गरेपछि खुल्ने अर्कै वेबसाइटमा उनको भिडियो बेच्न थालिएको हो ।


बेबिलोन-एक्सडटकमको प्रथमपृष्ठमै उनको तश्वीर र भिडियोलाई उपयोग गर्दै भनिएको छ- यो भिडियो नेपालकै ख्यातिप्राप्त मोडलमध्ये एक नम्रता श्रेष्ठको हो । सानो संसारकी २३ वर्षीया नायिका वेभ र भोउ म्यागेजिनको कभरमा समेत छापिएकी छन् ।


उनका बारेमा गलत सूचना दिँदै वेबसाइटले लेखेको छ- उनी विवाहित हुन् तर यो सेक्स भिडियो उनको श्रीमान्‌सँग गरिएको राशलीलाचाहिँ होइन । नम्रताले आधिकारिकरुपमा यो भिडियो आफ्नो हो भनेकी त छैनन् तर उनका थुप्रै स्रोतहरुबाट यो उनकै भिडियो हो भन्ने थाहा भइसकेको छ ।


र, उक्त कथनभन्दा अघिका वाक्यहरु लेख्न लायक छैनन् किनभने उक्त अश्लील वेबसाइट भएका कारण त्यहाँ त्यस्तै अश्लील शब्दहरु लेखिएका छन् । उनको भिडियो हेर्नका लागि एक अमेरिकी डलर तिरे पुग्छ ।


यो भिडियो इन्टरनेटमा छरिएपछि दशैँभर कुनै पनि सार्वजनिक स्थानमा नदेखिएकी नायिका नम्रताका लागि ठूलो र अप्रत्यासित घात हुन पुगेको छ । डीजे तान्त्रिकसँग यौनरत अवस्थामा खिचिएको भनिएको यस भिडियोका बारेमा आफूले पत्रकार सम्मेलन गर्ने भने तापनि नम्रताले कुनै सम्मेलन गरिनन् ।


उनका नजिकका साथी र नातेदारहरुले आफूले चिनेजानेका पत्रकारहरुलाई यस बारेमा उति धेरै नउछाल्न अनुरोध गरिरहेको अवस्थामा यो भिडियोको इन्टरनेटमा व्यापारसमेत हुन थालेको हो । नम्रताको वेबसाइट र उनको भिडियो बेच्न प्रयोग गरिएको वेबसाइट दुवै अमेरिकामा रजिष्टर गरिएका हुन् ।

Read Full Discussion Thread for this article