Posted by: Rahuldai September 28, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको टिकामय जदौ तथा तारेमाम।

एका ब्यानै टिका लगायौं, गृह मन्त्रीको अड्डा टाइम मिलाउनु पर्‍यो नै । नत्र चाडबाड को बेला शान्ती सुरक्षा झनै सम्बेदनशिल हुने ।
एक ले अर्का लाई टिका लगाइ दियौं।

"निधारको रातो टीका
कहिलेइ नहोस् फिक्का"

भन्दै डलर सय को नोट एक अर्का लाई दियौं ।
मन हुनु त ठुलदाइ को जस्तो भन्थे, हो रहेछ । मन फुकाएर धन दिंदा घटी मा त्यती नै फर्किने रहेछ ।

तारेमाम चिप्ले ब्रो, हाम्रो घर आँगन को आँखो देखा हाल सुन्न पढ्न पाएर दिल खुश भयो।

बिर्खेबा को शुभकामना को लागि धन्यवाद सहित तारेमाम।

केली, पुरे , लहरे-दसैंको बेलामा नि नेपालको राजनऐतिक दलहरु जस्तो झगडा गरेकोले यसपाली दक्षिणाबाट वंचित गरिएको ब्यहोरा जानकारी गराइन्छ ।
Last edited: 28-Sep-09 01:29 PM
Last edited: 28-Sep-09 01:29 PM
Last edited: 28-Sep-09 01:31 PM
Read Full Discussion Thread for this article