Posted by: Harka_Bahadur September 28, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

उठौ हो उठौ आज त टिका पो होत , नुवै धुवाइ गरेर, ससुरा बाले किन्देका नयाँ लुगा लगार रिटिक्क परेर टिका लगाउनु जानु छ आफ्नो त । 


अनी फेरी भाले च्यापेर बसको छतमा बसेर ससुराली तिर लाग्नु पर्‍यो , राम राम बस कम्ताको भिड हुन्न आज गाँठे ।


मामा घर , साइला बा, काइला बा , बुडिको मामा घर भ्याइ नभ्याइपो छ आज त , फेरी सप्पैका खानु पर्छ मासु चिउरा दही ।


ओह हो सम्झेरै दिक्कै लागि सक्यो, लौ है त गाम्ले हो आफुत लागियो, बेलुका निधार भरी टिका लिएर दात देखाउन आउँला चौतारी तिर है त ।


गूड डे । 

Read Full Discussion Thread for this article