Posted by: timer September 26, 2009
yesto pani bhayechha hi
Login in to Rate this Post:     0       ?        

September 27, 2009



धेरै धोका खाइयो ! हामीलाई नयाँ संविधान चाहियो !!


Filed under: समाचार/विचार — uttam @ 2:16 am


प्रधानमन्त्री माधव कुमार नेपाललाई न्युर्योकमा कालो झण्डा



प्रधानमन्त्री माधव कुमार नेपालले संयुक्त राष्ट्रसंघको ६४ औं महासभालाई हलभित्र संवोधन गर्दै संविधान वेलैमा लेख्ने भनेर आश्वस्त तुल्याइरहँदा भवन वाहिर भने सडकमा नारा गुन्जिरहेको थियो — धेरै धोका खाइयो हामीलाई नयाँ संविधान चाहियो । लोकतन्त्र जिन्दावाद । न्युर्योकको सडकमा माधव नेपाल सरकारको विरोधमा नारा मात्रै लगाइएको थिएन कालो झण्डा पनि देखाएर विरोध प्रदर्शन गरिएको थियो । घरै पिँडालु वनै पिँडालु ससुराली जाँदा वाह्रा हातको पिँडालु भने झै देशव्यापी रुपमा कालो झण्डा सामना गर्दै आएका प्रधानमन्त्री नेपालले अमेरिकामा पनि कालो झण्डाको सामना गर्न पर्यो । न्युर्योकका कोलम्विया विश्वविद्यालय, न्युर्योक विश्वविद्यालय, फोर्डड्याम विश्वविद्यालय हारवर्ड विश्वविद्यालय पेंसिलभेनिया विश्वविद्यालय लगायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको आयोजनमा भएको “कालोझण्डा देखाउने कार्यक्रम” मा न्युर्योकमा वसोवास गर्ने विद्यार्थी, पेशाकर्मीहरु विरोध स्वरुप कालो लुगा लगाएर उपस्थित भएका थिए ।



गाँउ गाँउबाट उठ वस्ति वस्तिबाट उठ भन्ने गीत गाएर शुरु भएको कार्यक्रम त्यहि गीत गाएर समापन गरिएको थियो । स्थानिय समय अनुसार १२ बजे शुरु भएको उक्त विरोध प्रदर्शन कार्यक्रम करिब तीन बजे समाप्त भएको थियो । उक्त कार्यक्रममा नागरिक सर्वोच्वता कायम गर, विदेशी हस्तक्षेप मुर्दाबाद, धेरै धोका खाइयो हामीलाई नयाँ संविधान चाहियो, जनजातिका माग पुरा गर, दलितका माग पुरा गर, महिलाका माग पुरा गर, मधेसीका माग पुरा गर, धेरै नगर भाषण दे विधीको शासन, लोकतन्त्र जिन्दावाद, नेपाली एकता जिन्दावाद, नेपाली सेना कसको जनताको भन्ने जस्ता नाराहरु लगाइएको थियो । स्वतन्त्र विद्यार्थी समुहले आयोजना गरेको उक्त कार्यक्रमलाई प्रगतिशिल नेपाली फोरम अमेरिका र एलायन्स फर डेमोक्रेसी जस्ता संस्थाहरुले समर्थन र ऐक्यवदता जनाएका थिए ।



कार्यक्रम आयोजकहरु के भन्छन् ?


कार्यक्रम किन गर्न आयोजना गर्नु भएको ?
हामीले यो कार्यक्रम गर्नको कारण वेलैमा संविधान लेखियोस भनेर दवाव दिन, पुजारी प्रकरणदेखि प्रधानसेनापति लगायतका कुराहरुमा बढिहरेको भारतिय हस्तक्षेपको विरोध गर्न र शान्ति स्थापना भएपछि पनि द्वन्दमा मारिएका र वेपत्ता परिवारको खोजी नभइरहेकोले त्यसको लागि दवाव दिन यो कार्यक्रम आयोजना गरिएको हो । र हामी अमेरिकामा वस्ने हुनाले नेपालको प्रधानमन्त्री यहाँ आएको वेलामा उहाँ लगायत संपूर्ण संचार माध्यमहरुको ध्यान आकर्षण गर्न यो कार्यक्रम आयोजना गरिएको हो । – फुर्बा दोर्जी शेर्पा



कार्यक्रममा माओवादीको नाराहरु लगाउनु भयो नि त ?
हामीले सार्वजनिक रुपमा यो कार्यक्रम गर्ने भने पछि विभिन्न किसिमका सकारात्मक र नकारात्मक कुराहरु आए । हामीलाई जवरजस्ती माओवादीको भनेर आरोप पनि लगाइयो तर हामी कुनै वाद र दलबाट प्रभावित र संचालित होइनौं । हामी स्वतन्त्र विद्यार्थीहरु हौं । अहिलेको अवस्थामा माधव कुमार नेपाल मात्रै होइन अन्य कोही आएको भए पनि विरोध गरिन्थ्यो । हिजो गणतन्त्रको कुरा गर्दा, संविधान सभाको कुरा गर्दा पनि माओवादी भनिन्थ्यो तर त्यो आज सबैको साझा मुद्दा बन्यो । त्यसकारण चुनावको सम्मान गर्ने कुरा, विधीको शासन, नागरिक सर्वोच्वता कायम गर्ने कुरा र वेलैमा संविधान लेख्ने कुरा त लोकतन्त्रको आधारभुत कुरा भएकोले त्यो हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो । त्यो नारा माओवादी वा अन्य दलले उठायो भन्दैमा त्यो दलको हो भन्ने कुरा सत्य होइन । – एरिसा सिलवाल


यो कार्यक्रम गरेर घर भित्रको कुरा वाहिर ल्याएर नेपालको वेइज्जत गर्नु भयो नि त ?
हामी यहाँ वस्ने भएकोले यो कार्यक्रम यहाँ गरिएको हो । यो कार्यक्रम हामी अमेरिकामा वस्ने नेपालीलाई पनि देश र जनताको चिन्ता छ भनेर देखाउन गरिएको पनि हो । देश फेरि पनि ४६ साल पछिको जस्तै घृणित राजनितिमा जाला, फेरि गृहयुद तिर जाला भनेर, लोकतन्त्रको आधारभुत मान्यताहरु स्थापित होस् भनेर गरिएको हो । जहाँसम्म घर भित्रको समस्या घरै भित्रै खोज्ने कुरा छ । यो कुरा तपाईले नेपालका नेताहरुलाई सोध्नुहोस् उनीहरुले घर भित्रका समस्या कति घर भित्रैबाट समाधान गरेका छन् भनेर – सानो भन्दा सानो कुरा गर्दा विदेशीको मुख ताक्ने नेताहरुकै कारण त हामीले यो कार्यक्रम गर्न परेको हो । यो हाम्रो वाध्यता हो । आशा छ आगामी दिनमा उनीहरुले घर भित्रको समस्या घरभित्र नै समाधान गरिदिए भने हामीले यहाँ कार्यक्रम गर्नै पर्दैन । नेपालका नेताहरुको त्यहि व्यवहारको कारण नेपालको वेइज्जत भइरहेको छ हामीले यस्तो कार्यक्रम गरेर के वेइज्जत हुन्छ र ? — ज्ञानु शर्मा



गीत पनि गाइएको थियो फोटो: सौजन्य सुगम पोखरेल




तत्कालीन शाही सेनाद्वारा हत्या गरिएकि मैना सुनावरको फोटो



नारा लागाउदै



कार्यक्रममा मिडिया चासो



भारतीय हस्तक्षेप मुर्दाबाद


उत्तम बाबु श्रेष्ठबाट/सबै फोटो सौजन्य: सन्तोष थपलिया

Read Full Discussion Thread for this article