Posted by: Nepe September 25, 2009
यु येसमा माकुनेलाइ कालो झंडा??
Login in to Rate this Post:     0       ?        

Kan को कुरामा दम छ । वास्तवमा अहिलेसम्म हाम्ले सम्भव सबै शक्तिहरुको परीक्षण गरिसक्यौं । राजा, कांग्रेस, एमाले, माओवादी, मधेसी दल, सबका सब । र सब उस्तै हुँदा रहेछन् भनेर पनि जानिसकियो । अब परीक्षण हुन बाँकी भनेको अब बन्ने संघीय बाईसे चौबिसे राज्यका जातीय सरदारहरु हुन् । तिनीहरु पनि अरु जस्तै वा ती भन्दा पनि खतम निक्लने कुरामा कुनै सन्देह छैन ।


सबै जोगी कान चिरेका भएको मुलुकमा अब एउटा जोगीलाई काखा अर्को जोगीलाई पाखा गर्ने घृणा र विवशताको राजनीतिको कुनै सार्थकता छैन ।


अब त राजनीतिलाई सकेसम्म वेवास्ता गरेर पनि मुलुकको गति अघि बढ्न सक्ने आर्थिक-सामाजिक ढाँचा र नागरीक संस्कृतिको विकास हुनुपर्छ ।


सबै दल र नेताहरु चोरैचोर हुन्, ती भातेहरु आपसमा लड्दै गर्छन् । हामी, आफ्नो दशनङ्ग्री खियाएर खानुपर्ने मान्छेहरु, आफ्नै उद्यम,व्यवसाय र सिर्जनामा मस्त भएर लाग्ने हो र राजनीति भन्दा अलग पनि जुन देश, अस्तित्व र गौरव भन्ने कुरा हुन्छ, त्यसैको सामुहिक गाथा गाएर जिन्दगी सार्थक पार्ने हो ।


नेपालले perfect दल, नेता र polity पाउने आसा कम्तीमा दुई तीन दशकलाई गर्नुपर्दैन । सबै imperfect हुन् । र यो imperfection को वावजुद यो imperfection संग obsessed नभई बरु यस imperfection लाई सोचबाट हटाई भएका साधन र श्रोत बाट सम्भव सर्वोत्कृष्ट सिर्जना गर्दै जान सकौं । दशैंको यही शुभकामना भयो र यसको अभिव्यक्तिको लागि यो बडो अर्थपूर्ण र प्रेरक ब्याले टाँसे है मैले ।


 





 


शुभ सोचौं, शुभ बोलौं, शुभ गरौं । मुर्दावादले हामीलाई मुर्दा बनाउँदैछ । सबैको जय होस्, सबै जिन्दावाद भन्न जानौं ।


 


Nepe


 


 

Read Full Discussion Thread for this article