Posted by: Deep September 24, 2009
WISH WOZZIT
Login in to Rate this Post:     0       ?        
जिरादाई,

यी अहिले मक्किन थालेका हड्डी कस्सिन लागेको बेलाको कुरा हो, ट्याम यस्तै दशैको थ्यो । एउटा साथी र म त्यो धुम्बराही मन्दीर अगाडी बाट यसो घुमेर रिङ्गरोड पुगीने बाटोमा थिएम । त्यहाँ एउटा साथीको घर थ्यो । उस्काँ पुगेर बोलाको रिङ्गरोड मिस्सिने बेलाको ढिस्कोमा बस्दै गर भन्यो । लौ त भनेर त्यसै गरीयो । एकै छिनमा आयो साथी पोको बोकेर । पोकोमा मासु चिउरा अनि खल्पी ल्याएछ । खल्पी सम्झिदै मुख रसाईसक्यो यती बेला पनि । अनि त्यो मासु चिउरा खाँदै रसिलो खल्पी टोक्दा जस्तो मजा आको थ्यो यो बिश्वजितको कुरा पढदा नी त्यस्तै त्यस्तै मजा पो आउन खोज्यो त ।

उ बेलाको सिफलाँ बारै महिना तिहार जस्तो थ्यो हाम्लाई --झ्याल, कौसी, चोक, बाटो जतततै झिलीमिली - दिउँसै पनि । अचेल के कस्तो होला कुन्नी । हँ जीरादाई ?
Read Full Discussion Thread for this article