Posted by: perfectionist September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
प्रणाम ठुल्दाइ, म त त्यो डाइनाको कथा पढिरा थिएं, साझा त अघी आको, चौतारी चाँही खोज्नु पर्नी भाकोले अल्छि गरिरा थें, दाई आएर माथि तानी हाल्नु हुन्छ भन्ने पूर्ण विश्वाश थ्यो मलाई।

दाई, मलाई त तेत्ती सार्हो चलनहरुको ज्ञान भएन, बिहान उठेर मन्दिर लाग्दिने काम मात्र थाहा छ मलाई त, पैले पैले बजेले ३-४ बजे पानी छ्यापेर उुथाउनु हुन्थ्यो, अनी आँखा मिची मिची मन्दिर लाग्दिन पर्नी, भ्याइ-नभ्याइ हुन्थ्यो, तर दशै बेला हेल्मेट नलगाये नि केइ हुन्न भनेर मस्त घुमाइन्थ्यो बाइक। खासै कुदाउनु पर्नी पनि हैन, नत्र कल: पोखिन्छ भनेर बिस्तारइ लग्यो, त्यो चिसोमा। यो पाली त भाईले पनि बाइक कुदाउने भै सक्यो, पोहोर साल त सार्है गार्हो भा थे भन्थे बा-मा ले, यो पाली तेत्ती अप्ठेरो नहोला।

त्यो महालक्ष्मीमा बोका काटेछी लगनखेलमा खुइलाउन छोड्न जान पर्थ्यो, घर नपुगे सम्मा भोक्कै। क्या दिन थ्यो त्यो पनि। ऐले मिले त सब्बैलाई गाडीमा राखेर एकै चोटि सब मन्दिर म पालै-पीलो छोडेर आउन हुन्थ्यो तर के गर्नु, आफु एता परिवार उता पर्‍यो।

ल दाई, के के गर्न पर्छ भन्नु है, काम जत्ती लहरे, रिट्ठेले गर्छन्, म ल्याउने पुर्याउने गर्दिउम्ला।
Read Full Discussion Thread for this article