Posted by: Rahuldai September 22, 2009
आजको आवश्यकता – नेपाली एकता!
Login in to Rate this Post:     1       ?         Liked by

चुनाब र लोकतन्त्रको सम्मान गर। यो साझा सवाल हुन सक्दैन्?


-लोकतन्त्रको  कदर भनेको ६० प्रतिशत जनताको भोट् हुन्छ कि डकैट् गरेर ल्याएको ४० % भोट्को ?



२ ठाउँमा हारेको मान्छे लाई संसदमा रातो कार्पेट बिछ्याइ ल्याउने प्रचन्डे लोकतन्त्रको मसिहा कसरी भए ?



लोकतन्त्र भनेको भीडतन्त्र होइन। कालो झन्डा देखाउनु लोकतन्त्रमा पाईन्छ र देखाइ रहेका छौ । ढुङ्गामुढा कुनै तन्त्रमा स्विकार्य हुँदैन। माओवादीको लोकतन्त्रमा त कालो  झन्डा पनि देखाउन पाइन्न, चेतना छ कि छैन। नत्र प्रचन्डेका बाउ क्यास्त्रो र किम सङ इल सँग सोध।


लोकतन्त्रमा पूजारी पिटिन्दैन। लोकतन्त्रमा मान्छे मारिदैन। लोकतन्त्रमा जबर्जस्ती अर्काको जग्गा कब्जा गरिंदैन। कुन चाँही लोकतन्त्रको कुरा गर्नु भएको कामरेड महोदय।


साझा सवाल यो हो, मान्छे भएर बाँच्न पाउने कि न पाउने ? यसमामला हो भने कालो झन्डा त के कालो डन्डा पनि देखाउन तयार छौ ।


संविधान लेख, बेपत्ताको खोजि गर, मधेशी र जनजातिलाई दोहोर भिडन्त भन्दै हत्या गर्ने काम नगर।



-संबिधान ढुङ्गामुढा र संसद अबरुद्ध गरेर लेखिदैन, कामरेड लाई थाहा नहुन सक्छ । संसदको कार्यबाही महिनौ देखी अबरुद्ध गर्ने र संबिधान लेख भन्ने ? लेख भनेर प्रचन्ड र बाबुरामलाई गोर्खे लौरो लगाउने को माकुने लाई कालो झन्डा देखाउने ??


बेपत्ता खोजी गर्नु पर्छ, सेना वा सरकारी पक्षले बेपत्ता गरेका मात्र होइन, तिमीहरुले बेपता परेका हजारौं नागरिकअहरुको खोजी हुनु पर्दछ र दोषीलाई कार्यबाही गर्नु पर्दछ। प्रचन्डेले गरेको अपराध चाँही क्रान्तिको आवरणमा चोख्याउन पाइदैन। यसको लागि कालो झन्डा हैन, डन्डा तयार राख ।


मधेसी र जनजाती नेपाली होइनन र ?? कुनै नेपाली लाई पनि दोहर भिडन्तमा मार्न पाइदैन , सबै भन्दा पहिला त कामरेडहरुमा लागु हुन्छ । राम हरी श्रेष्ठ र बिरेन्द्र शाह हरुलाई पनि मार्न पाइदैन । यसको कुनै जवाफ छ ? जवाफ छ भने कालो झन्डा मात्र होइन निलो पहेलो जे देखाउन नि तयार छौ ।


सबै भन्दा महत्वपूर्ण कुरा त माकुने ब्यक्ती भन्दा नि देशको प्रतिनिधि हो। आन्तरिक राजनीति देश भित्र गरे हुन्छ। राष्ट्रसंघमा कालो झन्डा देखाएर बहादुर देखाउने मुर्ख्याइ नगर्नु। देशको बेइज्जत सङ आफ्नो नि इज्जत जोडीएको छ ।


अब नेपाली हुँ भन्दा पनि माओवादी हुँं भन्ने लाग्छ भने माओवादीकै कालो करतुत दुनियाँले देख्ने छ । नाक घिरौला जती बनाएर मज्जाले कालो झन्डा देखाए हुन्छ, खसी त के कुरा मान्छे काटेर भोज खाए हुन्छ । मान्छे काट्नु र रेट्नु त कामरेड महोदयहरुको रगत मा भएकै हो । 

Last edited: 22-Sep-09 02:53 PM
Read Full Discussion Thread for this article