Posted by: belahari September 21, 2009
आजको आवश्यकता – नेपाली एकता!
Login in to Rate this Post:     1       ?         Liked by


सबैलाई चेतना भएको कुरा हो नेपाल
अहिले चुनौतिहरुबिच अन्योलको बन्दी बनेको छ। ईतिहासको यो मोडमा हाम्रो सामु एउटा
मूल प्रश्न खडा भएको छ
हामि अगाडी बढ्ने कि पछाडी ? अग्रगमनको
समर्थन गर्ने कि प्रतिगमनको?



 



माओवादी विद्रोह, जन आन्दोलन, र मधेशी, महिला र जनजातिको संघर्षले
हाम्रो देश भित्रका असामनता र बिरोधहरुलाई सतहमा ल्याईदिएका छन्। र बिर्सन नहुने
कुरा, ठाडो भारतिय हस्तक्षेपले हाम्रो देशको स्वतन्त्रतामाथि नै प्रश्न चिन्ह लागेको
छ।



 



अबको बाटो अगाडी बढ्ने बाटो हुनुपर्छ। तर अफसोच, पुरानो
नेपालका हर्ताकर्ताहरु देशलाई अर्को गृहयुद्धमा धकेलेर ल्याएर मोज गर्ने योजनामा
एकजुट भएका छन्। उनिहरुलाई बिफल पार्न, स्वेच्छा वा बाध्यताले संसारभरि छरिएर
रहेका नेपालीहरु सकृय हुनु नेपाली भएको नाताले आउने उत्तरदायित्व हो।



 



हाम्रा मागहरु:



 



संविधान लेख्ने काम पुरा गर!



जनताको चाहना राजनितिक पार्टिहरु मिलेर, र बिद्रोही
समूहहरुसंग तत्काल वार्ता गरेर, समावेशी संविधान बनाउनु हो।



 



विधिको शासन लागु गर!



एउटा पार्टीको होईन, दुईटा सेनाको होईन। हामिलाई विधिको
शासन चाहिन्छ। कानून राष्ट्रपति र प्रधानमन्त्री देखि लिएर आम जनता सबैलाई बराबर
हुनु पर्दछ। मानव अधिकारको रक्षा गर। वेपत्ता नागरिकको खोजी गर। दोहोरो भिडन्तको
नाउँमा निर्दोष मधेशी र जनजातिको हत्या गर्न बन्द गर।



 



चुनाब र भोटको बेईज्जत नगर!



लोकतन्त्रमा जनताले नचुनेको मान्छेले देशको नेतृत्व खोस्न
पाईंदैन्। अधिनायकवादी नबन्।



 



भारतिय हस्तक्षेप अन्त्य गर!



पुजारी देखि प्रधानसेनापति, प्रधानमन्त्री देखि हाम्रो
विदेशी निति
भारतिय हष्तक्षेप हामिलाई अमान्य छ। नेपाल
स्वतन्त्र राष्ट्र हो। भारतको ऊपनिवेश होईन।  



 





बिरोध
कार्यक्रम



२६
सेप्टेम्बर २००९, दिउसो १२
३ बजे, ड्याग
ह्यमर्सकोल्ड प्लाजा (यू्. एन. प्लाजा)



सडक नं
पूर्व ४७,  पथ १ र २ बिच



कृपया सकेसम्म
कालो टि-सर्टमा र कालो झन्डा बोकेर आउनुहोला



आयोजक:
न्यू योर्कमा बस्ने नेपाली बिध्यार्थीहरु



फोन:
३६१ ८१५ ६९४४, ४०२ ९७२ ७४००





Read Full Discussion Thread for this article