Posted by: nakkali keti September 21, 2009
जय Facebook!
Login in to Rate this Post:     3       ?         Liked by

मैले आज गएर एअरपोर्टको एउटा ठुलो hangar रेन्ट नगरी भा छैन। "किन?" भन्ने लागिरा होला। यो वीकेन्ड facebook मा १७ वटा घर जाने प्लेन उपहार आको रैछ । अब उपहार जस्तो कुरो फाल्न नि भएन (फाले नि का फाल्ने?), राख्नलाई public storage मानि नअट्ने। अनी चाहिएन त hangar? अहिले facebook लाई जती दसैं खाध्य सँस्थानलाई पनि लागेको छैन होला। खाध्य सँस्थानले त खसी, बोका, चामल इत्यादी को मात्र ब्यबस्ता गर्छ नि, facebook ले त के के को मात्र ब्यबस्ता गरेको छैन-- जमरा देखी केटालाई नयाँ लुगा, केटीलाई नयाँलुगा, लाम्काने खसी, सेकुवा, भगवान थान, तास, पिङ ......you name it! मलाई त "बिज्ञाने बिदुरे भवतु भवताम किर्तिस्च नरायणे" लाई पनि चेन्ज गरेर " बिज्ञाने न्युटने भवतु भवताम किर्तिस्च फेसबुके" गर्न मन छ। हुन त म यती सार्हो जान्ने हुनु नहुने हो। मैले यो श्लोक शुद्ध भन्न जानेको धेरै भाको छैन। पैले पैले म "बिज्ञाने बिदुरे भवतु भवताम सिकिस्त नरायणे" भन्थें--- बिचरा नारायण! जस्तो लाग्छ अचेल।

हुन त facebook लाई दसैं मात्र लागेको हैन। २,४ हप्ता अगी तिज पनि गतिलै लागेको थ्यो। facebook मा म्यासेज हेर्दै थिएँ, एउटा यस्तो रैछ "if fasting is your cup of tea then go for it gal, if not then don't try to be SATISABITRI" रे। "AMENNNN"......भन्यो मनले तर त्यो म्यासेज सुझाब, चेतावनी, शुभकामना मध्धे के थियो बुझ्न सकिन। निक्कै बेर घोरिए पछी मलाई त्योम्यासेज मोनालिसाको मुस्कान जस्तो लाग्यो। मैले अहिले सम्म मोनालिसाको मुस्कान किन त्यती प्रसिध्द भाको भन्ने बुझ्या छैन। उसो त मैले बुझेका भन्दा नबुझेका कुरा धेरै छन, त्यसमा यि दुइटा थपिएर के फरक पर्यो र ? इन्फिनिटी मा दुई जोडे पनि इन्फिनिटी नै हो भन्ने गणितिय अक्कल लगार "happy teej" लेखेर पठाइदें।

ए साँच्ची शुक्रबारको कुरा- कामबाट घर पुगेर भारी बिसाको मात्र के थें फोन आयो।
"ओइ के गर्दै छस?"
"के गर्नु? भर्खर कामबाट आको" मेरी भुतपुर्व रुम पार्टनरले गरेकी
"शुक्रबार पनि यती बेला सम्म काम गर्छ कोही? म त ४ बजे नै हिन्दें"
"तेरै छ मोज"
"अस्ती long weekend मा कहीं गैनस?"
"गैन काइ--अस्ती भर्खर त्यत्रो घुमेर आको--घरै बसें। तिमीहरु त घुम्न गका रइछौ--फोटोहेर्या थें मैले facebook मा"
"फोटो हेरिस तैले--कैले हेरेको?"
"खै monday हो कि tuesday"
"मैले आइपुग्ने बित्तिकै upload गरेको--- किन comment नगरेकी त?"
"अब के comment गर्नु--घुम्न गएछौ--रमाइलो भएछ भन्ठाने"
"मलाई कस्तो देख्या छ त्यो हल्टर लाउदा?"
"राम्रो देख्या छ तर तँ अस्तिनै भन्दा अली मोटाइ छस"
"ला हो र! धेरै मोटी देख्खेको छ हो?"
"हैन हैन मलाई त्यस्तो लाग्या मात्र होला"
"मोटाइछस भनेर comment नगर है फेरी, तेरो त केही भरोसा छैन" facebook ‍
"अनी भर्खर गर भन्या हैन त ?"
"comment त राम्रो राम्रो पो गर्नु पर्छ, अरुले notice गरेका रैन रैछन् भने पनि गर्छन् "
"हरे!"
"अनी तिमीहरु अस्तीनै घुम्न गको फोटोहरु किन नराखेकी त?"
"कती धेरै फोटो छ यार--- मसँग त्यो फोटो छानेर facebook मा upload गर्ने जाँगर छैन ---बरुतलाई ईमेलमा attach गरेर पठाइ दिउँला २,४ वटा"
"कस्ती रैछे---राख न--म comment गर्छु नि"
"अब ईमेलमै comment गरेर पठा न"
"ह्या ईमेलमा comment गर्न मजा आउँदैन क्या"
"हे छोड् दे यो फोटो सोटोको कुरा--यो weekend के छ तिमीहरुको plan? सौरभको  के छ हालखबर? "
"उस्को सब ठीक छ--आज उस्को आन्टिको छोराको birthday छ--त्यहीँ जान लाको हामी"
"लौ लौ have fun"
"ल ल म फोटो रख्छु नि facebook मा--हेर न"
"हाहाहा---ल ल"
"ल त तँ पनि भुजा सुजा पकार खा अब--फेरी त्यतिकै काउचमै निदाउने हैन"
"हस हजुर हस---"

हाम्रो  वार्तालाप सकियो। फोन राखी सके पछी सबै कुरा एक चोटि remind गरें। हामीले गरेका कुरा मध्ये ९५% भन्दा बढी facebook सँग सम्बन्धित थिए। तेस्को कुरा सुनेर " how come everybody in facebook look so cute?" भनेर जीरा दाई (दाइ भन्देछी आफ्नो उमेरको पीर गरीराख्नु परेन नि) ले यही साझामा लेख्नु भाको सम्झे। हो दाई हो, सोर्है आना सही--अब त्यस्तो warning आए पछी सबै जना cute हुने नै भए । यस्तै positive comment सबैले सबैलाई गर्ने भए संसारमा कसैलाई depression ले छुने थिएन।

Birthday पार्टीमा जाने भन्दा याद आयो- facebook को अर्को महत्व पूर्ण event "Happy Birthday"--अब टाढा भका अथवा सधैं संपर्क नहुने साथीभाइ, नातागोता लाई birhtday को दिनमार्फत "Happy Birthday" भन्दा मेरो केही गुनासो छैन तर एउटै घरमा बस्नेश्रीमान/श्रीमती, प्रेमी/प्रेमिकाले "Happy birthday baby....you are my sweetheart"--- "Happy birthday baba....I love you" लेख्या देखेर चै अचम्म लाग्छ भन्या। "कृतिम माया प्रदर्शन" भन्छ त्यती बेला मेरो मनले। no offense है फेरी। अब facebook मा आफुलाई मन लागेको कुरा लेख्नपाउनु तपाईंहरुको अधिकार --याँ मैले गफ लाइरा बेला मलाई लागेको कुरा लेख्न पाउनु मेरो अधिकार। चित्त नबुझेको खण्डमा लास्टाँ comment गर्न पाउने तपाईंहरुको अधिकार सुरक्षित छँदैछ।

ए त्यो "what's on you mind?" को कुरा पनि गरौं न अब सुरु गरे पछी। कस्तो खतरा खतरा कुरा आउने बाबै सबको दिमाख मा? एक जनाले यस्तो लेख्या रइछन "The perfection of wisdom, and the end of true philosophy is to proportion our wants to our possessions, our ambitions to our capacities, we will then be a happy and a virtuous people"--फस चोटि पढे पछी अहा! हो त नि हैजस्तो भा थ्यो, दोस्रो चोटि पढ्दा अली अलमलिएँ, तेस्रो चोटि पढ्दा त ठ्याम्मै केही बुझ्याहैन। मेरो मात्र दिमाख किन यस्तो खाली हो? आफ्नो त अङ्रेजी पनि better game परेको बेला एउटा पनि sequence नमिलेको तास जस्तो छ। भगवानले पनि किन सौताको छो-छोरी लाई जस्तो व्यबहार गरेका होलान भन्ने सोचले बिरक्तिएर ceiling तिर हेर्दै थिए, झ्वास्स एउटा idea आयो। "why I am blank?" लेख्दें मैले पनि।

मलाई facebook का केहि कुरा मन नपरे पनि सबै कुरा मन नपर्ने चैं हैन नि फेरी। उहिले उहिले जामा लाएर सँगै स्कुल जाने साथीहरुको अहिले जामा लाउने भुन्टिहरु देख्दा रमाइलो लाग्छ। अनीपहिले प्रेम पत्र दिन आउने अनी आफुलाई पनि दिउँ दिउँ लागेका लिखुरे केटाहरु अहिले डम्म भुँडी लाएर बुढीलाई अँगालो मारेर खिचेको फोटो हेर्न पनि खुब रमाइलो लाग्छ। आफ्नो राम्रोफोटो profile picture बनाउन पनि जाँगर चल्छ। अब के गर्नु त? समाचार उही हो- ओबामाको health care reform,माइकल ज्याक्सनको सम्पत्ती कस्ले कती पाउने, स्वाइन फ्लु कता सर्यो, जोन र केटले के के गरे, परमानन्द झाले किन नेपालीमा सपथ लिएनन, बाढि पैरोले कतीजना मरे-- कती सुन्नु? बरु laptop समात्यो अनी सुरु गर्‍यो--जय Facebook!


Last edited: 22-Sep-09 11:31 AM
Read Full Discussion Thread for this article