Posted by: chipledhunga September 21, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

छ भने माया छपक्कै लाइदेउ
छैन भने माया मोहनी फुकाइदेउ


सोमबारे जेट ल्यागमय जदौ ललितपुर उपमहानगरपालिका वार्ड नं २ बाट। दिउसो करिब साढे चार बजेतिर भैरहवा र सिमरा बीच कतैबाट नेपाली आकाशमा प्रवेश गरी सिमराबाट उत्तर हानिंदै पौने ५ बजेतिर गौचर झरियो। अवतरणकालमा हिमाली द्रिष्य तथा नेपाली भूमिको फोटो खिच्ने रहर भने कमरेड बादलको अवरोधको कारण पूरा भएन। सार्है गन्जागोल लाग्यो काठमाडौं त। गृह प्रवेशको केही क्षण पश्चात लोड शेडिङको पनि अनुभव गर्न पाइयो। सबैलाई दशैंको फेरी शुभकामना। ठुल्दाइ, खोइ त्यो रामचा र बाउचाको मम खाने ठाउँको ठेगाना बताइदिनु हुन पुन: अनुरोध छ। लौ त फेरी पछी हाजिर गरम्ला।           

Read Full Discussion Thread for this article