Posted by: Birkhe_Maila September 21, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

झुक्किएको सुचना:


 


बिगत केहि दिन देखि, भनौँ गएको हप्ता देखि नै साझा खोल्दा नखुलेको तथा साझाको ठेगानामा 'डट कम' को सट्टा 'डट अर्ग' देखिएको थियो। कार्यालयमा पटक पटक गरिने 'ईन्टरनेटको हेरिएका ठगाना मेटाऊ' कार्यक्रमलाई निरन्तरता दिँदा सबै मेटाएको थिएँ तर साझाको नयाँ ठेगाना मनमा राखेको थिएँ। पछि पटक पटक नयाँ ठेगाना खोल्दा, कराऊने बाकस र बिज्ञापन मात्र देखिएर साझा अझै बनिसकेको छैन भन्ठानेको त, साझा त पहिलेकै ठेगानामा काम गर्ने भैसकेको रहेछ। यसले गर्दा आउने मौका पाउँदा पाउँदै पनि झुक्किएर खोल्न नजानेको हुँदा आफ्नो अनुपस्थिती रहनगएको व्यहोला ऊल्लेख गर्न चाहन्छु।


भवदिय,


बिर्खे माईला

Read Full Discussion Thread for this article