Posted by: Birkhe_Maila September 11, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

""ओहो, ओहो चौतारीमा को हो?
बुङुर पनि छ, सुङुर पनि छ,
२४-७ भोक लाग्यो भन्छ,
ओहो, ओहो चौतारीमा को हो?
बिहानै को झिसमिसे देखि,
राति भुत आउनेबेला सम्म,
फ्राइ मात्र खाँउ भन्ने हन्तकालि को हो?""


 


ओहो ओहो चौतारीमा हल्लिँदै हिँड्ने को हो यस्तो


छोटो छोटो मोटो मोटो खाइलाग्दो आर्मि जस्तो


२४-७ भोक त लाग्छ चपाई चपाई त्यसैले त खान्छ


बिहानै झिसमिसे देखि धराने सुङ्गुरको सेकुवा तान्छ


काम चाहिँ के गर्छ कुन्नि महिनै पिच्छे नेपाल जान्छ


नेपालमा खाएको कुरा गरेर चौतारीमा झटारो हान्छ


हन्तकालि हन्तकालि पुग्यो होला दक्षिणकाली


के लिएर आउँछ हेरम न नेपालबाट यसपाली


ओहो ओहो चौतारीमा हल्लिँदै हिँड्ने को हो यस्तो


ओहो ओहो चौतारीमा हल्लिँदै हिँड्ने को हो यस्तो

Read Full Discussion Thread for this article